पाँचौं खुला नक आउट सेभेन ए साइड फुटबलमा प्रि क्वाटरका खेल आजदेखी

पोखरा, ७ कात्तिक/ मेरो नेपाल युवा क्लबले आयोजना गरेको पाँचौं खुला नक आउट सेभेन ए साइड फुटबल प्रतियोगिता अन्तर्गत प्रि क्वाटर फाइनलको खेलहरु बिहिबार देखी हुने भएको छ ।

बुधबारको पहिलो खेलमा शुभकामना फुटबल क्लब बि ले दिव्य ज्योतिलाई २–० गोलले हराएको छ । शुभकामनाको जितमा जीवन गुरुङ र लिटल गुरुङले समान एक एक गोल गरे । खेलको म्यान अफ दि म्याच शुभकामनाका लिटल गुरुङ घोषित भए ।

त्यस्तै दोस्रो खेलमा माटेपानीले बुद्ध शान्ती निलो लाई ३–० को फराकिलो गोल अन्तरले पाखा लगायो । विदेशी खेलाडी सम्मीलित माटेपानीको जितमा विदेशी खेलाडी कोना इक्विन र नियाले समान एक एक गोल गरेका थिए खेलको म्यान अफ दि म्याच माटेपानीका बिय्क्क घोषित भए ।

तेस्रो खेलमा चैट चैट चैट फुटबल क्लबले साझा फुटबल क्लबलाई ३–० गोलको फाराकिलो अन्तर पादै चैट चैट चैट फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । चैट चैट चैट फुटबल क्लबका लागि जिवन थापाले ३ गोल गरेका हुन । भने जिवन थापा उक्त खेलको म्यान अफ दि म्याच घोषित भए ।

चौथो खेलमा संगम फुटबल क्लबले चाउथे फुटबल क्लबलाई ५–१ गोलको अन्तर पादै संगम फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । संगम फुटबल क्लबको लागि बेल प्रसाद गुरुङले ५ गोल गरे । भने चाउथे फुटबल क्लबको तर्फबाट अमिर परियारले सान्तवना १ गोल गरे । भने संगम फुटबल क्लबका बेल प्रसाद गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

पाँचौ खेलमा मेरो नेपाल युवा क्लब निलोले चाउथे फुटबल क्लबलाई २–१ गोलको अन्तर पादै क्वाटर फाईनलमा मेरो नेपाल युवा क्लब प्रवेश गरेको छ । मेरो नेपाल युवा क्लको लागि विजय श्रेष्ठले २ गोल गरे भने चाउथे फुटबल क्लबको लागि संदिप रानामगरले १ गोल गरे । उक्त खेलमा मेरो नेपाल युवा क्बलका विजय श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका हुन ।

छौटौ खेलमा आर केटी १४ ले मसिना फुटबल क्लबलाई ३–१ गोलको अन्तर पादै आर केटी १४ क्वाटर फाइनलमा प्रवेश गरेको छ । भने आरकेटीको लागी अनिल गुरुङले ३ गोल गरे । मसिना फुटबल क्लबको लागि आषिश गुरुङले १ गोल गरेका हुन् ।

बुधबारको अन्तिम खेलमा र१जन मेरोरीयल लाई ९–८ गोलको अन्तर पादै योङेस्टार क्वाटर फाइनलमा प्रवेश गरेको छ । भने खेलको निधारीत समय सम्म २–२ गोल भएपछी खेल ट्राइब्रेकरमा पुगेको थियो । उक्त खेलको म्यान अफ दि म्याच योङस्टारका प्रकाश खड्को भएको प्रचार प्रसार संयोजक पृथ्वी कुवरले जानकारी दिए ।

प्रतियोगिता रामेश्वरी विद्यालयको खेलमैदान मझेरीपाटन भएको प्रतियोगितामा ४० टिमले भाग लिएका छन् । प्रतियोगिता विजेता र उपविजेताले क्रमश १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र ७५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सेमिफाइनलमा प्रवेश गरेका २ टिमलाई प्रमाणपत्रसहित १०/१० हजार प्रदान गरिनेछ ।

अनुशासित टिमले ७ हजार, सर्वोत्कृष्ट खेलाडीले ७ हजार, उत्कृष्ट गोलकिपरले ५ हजार, उत्कृष्ट डिफेन्डरले ५ हजार, मिड फिल्डरले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिता संयोजक एकेन्द्र कुँवरले जानकारी दिए । प्रतियोगितामा ११ लाख खर्च र २५ लाख बचत हुने अनुमान गरिएको क्लबका अध्यक्ष दिवस कँुवरले बताए । प्रतियोगिताबाट बचत भएको रकमले सामूहिक व्यामशाला निर्माण गर्ने क्लबको योजना छ ।

कमेन्टहरु
Loading...