सेभेन ए साइड फुटवलको उपाधि मनोहर क्लबलाई

पोखरा, ९ वैशाख/ पोखरा उपमहानगरपालिका वडा नं. १८ मसिनाको नव प्रतिभा सामुदायिक विकास प्रतिष्ठानले आयोजना गरेको सेभेन ए साइड फुटवलको उपाधि मनोहर युवा क्लब पोखरा –१८ मनकामना टोलले चुमेको छ ।
बुधबार भएको फाइनल खेलमा मनोहर युवा क्लबले नयाँ गाउँ युथ क्लबलाई २–१ को अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो । जीत सँगै मनोहर युवा क्लबले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने दोस्रो स्थानमा चित्त बुझाएको नयाँ गाउँ युथ क्लबले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

त्यसैगरी सान्त्वनाको पुरस्कार अन्नपूर्ण एफसी क्लबले पाउन सफल भएको प्रतिष्ठानका महासचिव रामचन्द्र सुवेदीले जानकारी दिए । कार्यक्रमका संसदीय विकास समितिका सभापति एवं माननीय सभासद रविन्द्र अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...