लायन्स फुटबल प्रतियोगितामा खेलाडि दुर्घटना विमा

पोखरा, २५ भदौ / लायन्स क्लब अफ पोखरा पिस सिटीले पहिलोपटक फुटवल प्रतियोगितामा सहभागि हुने लायन्स खेलाडिलाई सामुहिक दुर्घटना विमा गराएको छ ।

लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म पोखरामा सम्पन्न हुन गैरहेको छैटौँ अन्तर लायन्स सेवेन ए साइड फुटबल प्रतियोगिता–२०७६ मा सहभागि हुने लायन्स खेलाडिलाई सामुहिक दुर्घटना विमा गराएको हो ।

अन्तर लायन्स फुटवल प्रतियोगितालाई सगरमाथा इन्स्योरेन्स कम्पनि लिमिटेडले पहिलो पटक साथ दिएको छ । भाद्र २५ गते सगरमाथा इन्स्योरेन्सका सहायक महाप्रवन्धक कविराज पौडेल र आयोजक, लायन्स फुटवल प्रतियोगिताका संयोजक एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारी बिच सम्झौता भएको छ ।

खेल सञ्चालनको क्रममा खेलाडि रेफ्री र अफिसियल दुर्धटना भएमा रु ५ लाखसम्मको विमा गरिएको छ । दुर्घटनाको कारणले औषधोपचार गर्न परेमा बिमाङ्क रकमको १० प्रतिशतले नबढ्ने गरी रु ५० हजार रुपैया सम्मको आवश्यक तथा वास्तविक औषधोपचार खर्च लिन सकिने इन्स्योरेन्स कम्पनीका सहायक महाप्रवन्धक पौडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार विमा कम्पनिबाट जारी भएको विमालेखको लाभ तालिकाको क देखि ग सम्म र ङ समेतमा उल्लेखित लाभ लिन सकिने छ ।

लायन्स क्लब अफ पोखरा पिस सिटीले आफ्नो स्थापनाकालदेखि नै विभिन्न लायन्स क्लबहरुबीचमा आपसी भाइचारा एवं सम्बन्ध प्रगाढ गर्नका लागि स्पोर्ट फर फेलोशिप भन्ने मूल नाराका साथ अन्तर लायन्स फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको प्रतियोगिताका संयोजक एवं क्लबका पूर्व अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिष्ट्रिक्ट ३२५ बी १ मा मात्र सिमित रहेको प्रतियोगिता यसबर्ष देखि मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालअन्तर्गत चारवटै डिष्ट्रिक्टका लायन्स क्लबहरुलाइ आमन्त्रण गरीएको छ ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमलाई ४० हजार ५५५, र रु २५ हजार ५५५ नगदसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै अनुशासित टिम, उत्कृष्ट खेलाडी, सर्वा्धिक गोल कर्ता, उत्कृष्ठ डिफेन्स र उत्कृष्ट गोल रक्षकलाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष अर्जुन सिग्देलले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट बचेको रकम मानवीय सेवाका कार्यमा खर्चनुका साथै पोखरालाई खेलकूद पर्यटन शहरका रुपमा स्थापित गरी चिनाउने प्रयास गरिने अध्यक्ष सिग्देलले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीको संयोजकत्वमा २५ वटा बिभिन्न उपसमिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...