पोखराको लामाचौरमा तीज महोत्सवमा आठौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता

पोखरा, ७ साउन/ पोखराको लामाचौरमा हुने तीज महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आठौं सस्करण आयोजना गर्ने भएको छ । नवआर्दश सामुदायिक विकास समाजले वर्षेनी तीजे महोत्सवमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता समते गरिने आयोजकले जानकारी दिएको छ । राष्ट्रिय महिला भलिबलमा ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्री क्षत्रीले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए ।

भलिबललाई रेडबुलले प्रायोजन गरेको छ । कास्की जिल्ला सितेरियो कराँते संघको व्यवस्थापनमा नरबहादुर बानियाँ स्मृति सितेरियो कराँते च्याम्पियनसिप समेत आयोजना गरिने छ ।

महोत्सव आगामी भदौ १२ देखि १६ गतेसम्म सञ्चालन हुने छ । राष्ट्रिय भलिबल प्रतियोगिताका विजेताले विजेताले १ लाख १ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । दोस्रो हुने टोलीले ६५ हजार ५ रुपैयाँको पाउने छ । तेस्रो हुने टोलीलाई नगद २५ हजार ५ रुपैयाँ प्रदान गरिने प्रचारप्रसार संयोजक खत्रीले बताए ।

उनका अनुसार उत्कृष्ठ खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ । खेल लिगकम नकाउटमा खेलाईने छ । विद्यालयस्तरीय प्रतिस्पर्धाको विजेताको हकमा भने २५ हजार, दोस्रो हुने टोलीलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...