नदिपुरमा जारी भलिबलमा हिमालय क्लब, शान्ति भलिबल प्रशिक्षण केन्द्र, एपिएफ र बागलुङ क्लब

पोखरा, १६ भदौ /लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा जारी भलिबल प्रतियोगिताको अन्तिम चारमा

हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र वालिङ, एपिएफ टोली मालेपाटन र बाग्लुङ क्लब

प्रबेश गरेको छ । नदिुपर स्थित छन्त्याल समाजको खेल मैदानमा शनिबार सम्पन्न क्वाटरफाईनलको पहिलो

खेलमा पोखरा भलिबल प्रशिक्षण केन्दलाई २५–२१, र २६–२४ को सेटले हराउदै हिमालय क्लब बाटेलेचौर

प्रतियोगिताको अन्तिम चारमा प्रबेश गरेको हो ।

दोस्रो खेलमा अर्चलबोट क्लबलाई २५–१३, २५–२० को सोझो सेटले पराजित गदै शान्ति भलिबल प्रशिक्षण केन्द्र

वालिङले सेमिफाइनलमा बाग्लुङसँगको भेट पक्का ग¥यो । त्यसैगरि क्वाटरफाईनलको तेस्रो खेलमा कास्की

भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३, र २५–१७ को सेटले हराउदै एपिएफ टोली मालेपाटनले अन्तिम चारमा

स्थान बनायो ।

क्वाटरफाईनलको अन्तिम खेलमा आयोजक क्लबलाई २६–२४, २५–१४ र २५–१५ को सेटले बाग्लुङ क्लबले

पराजित ग¥यो । आगामी सोमबार हुने सेमिफाईनल खेलमा बाग्लुङ क्लबले हिमालय क्लब बाटुलेचौरसँग

प्रतिस्पर्धा गर्नेछ ।

पुरुष तर्फको क्वाटरफाईनल सम्पन्न भएसँगै महिला भलिबल तर्फको पहिलो चरणको पहिलो खेलमा सेन्चुरी

क्लब घान्द्रुकलाई २५–३ र २५–१३ को सोझो सेटले टप्स उच्च माबि टिम “ए”ले पाखा लगाउदै पहिलो जित

आफ्नो पोल्टामा पल्टायो ।

त्यसैगरी शनिबार सम्पन्न अन्तिम खेलमा जनप्रिय उच्च माबिलाई २५–१७ र २५–५ को सेटले हराउदै टप्स

उच्च माबि टिम “बि” अघिल्लो चरणमा प्रबेश गरेको फाउण्डेशनका अध्यक्ष अमृत गुरुङले बताए ।

उनका अनुसार प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार

र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३० हजार प्राप्त गर्नेछ ।

त्यसैगरी महिला तर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु २२

हजार २ सय २२ र १५ हजार ५ सय ५५ हात पार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा

प्रमाणपत्र सहित नगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्त गर्नेछ ।

आईतबार महिला तथा पुरुष भेट्रान्स भलिबल प्रतियोगिताको पहिलो चरणका खेलहरु सञ्चालन हुने

आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...