कास्की लिगमा पोखरा भ्याली, लेकसाइड, शीतलज्योति र आदर्श युवा क्लब विजयी

पोखरा, ८ माघ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताअन्तर्गतबुधबार भएको खेलमा पोखरा भ्याली स्पोर्टस् क्लब, लेकसाइड क्लब, शीतलज्योति क्लब र आदर्श युवा क्लब भण्डारढिक विजयी भएका छन्।पहिलो खेलमा समूह डी को पोखरा भ्याली स्पोर्टस् क्लबले नयाँगाउँ युथ क्लबलाई ४–१ ले पराजित गर्दै महŒवपूर्ण तीन अड्ढ थप्न सफल भयो। पोखरा भ्यालीको जीतमा इमेश थापाले दुई तथा इश्वर बानियाँ र जीवन गुरुङले एक–एक गोलको योगदान दिए।नयाँगाउँको तर्फबाट वसन्त गुरुङले सान्त्वना गोल गरे। सो खेलमा नयाँगाउँकै भूमि गुरुङले एलोकार्ड खाएका छन्।जीतसहित छ अड्ढ जोडेको पोखरा भ्याली समूहको शीर्ष स्थानमा उक्लिएको छ।

बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता
बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता

दोस्रो खेलमा सोही समूहकै लेकसाइड क्लबले एबीसीलाई १–० ले पराजित ग¥यो। सचिन गुरुङले दोस्रो हाफको १७ मिनेटमा गरेको निर्णायक गोलको मद्दतले लेकसाइड तीन अड्ढ जोड्दै समूहको दोस्रो स्थानमा उक्लियो।सो खेलमा एबीसीका रिदेश गुरुङले एलोकार्ड खाएका थिए।
तेस्रो खेलमा समूह ए को शीतलज्योति क्लबले डेभिजफल युथ क्लबलाई २–१ ले पराजित ग¥यो।शीतलज्योतिको पहिलो जीतमा प्रवीन गुरुङ र सरोज बस्नेतले एक–एक गोल गरे। लगातार दोस्रो खेलमा हार बेहोरेको डेभिजफलको लागि बेद थापाले गरेको गोल सान्त्वनामा परिणत भयो।सो खेलमा शीतलज्योतिका सन्तोष गुरुङ र डेभिजफलका बेद थापाले एलो कार्ड खाएका थिए।

चौथो खेलमा आदर्श युवा क्लब भण्डारढिकले लगातार दोस्रो जीत निकाल्ने क्रममा नवआदर्श सामुदायिक विकास समाज लामाचौरलाई ४–१ ले पराजित ग¥यो।आदर्शको जीतमा चुरामणि चौधरीले ह्याट्रिक गरे भने अर्जुन गुरुङले थप एक गोलको योगदान दिए। नवआदर्शको तर्फबाट मात्र एक गोल सन्तोष नेपालीले गरेका थिए।दुई खेलमा पाँच गोल गरेका चुरामणि सर्वाधिक गोलकर्ताको सूचीमा छन्। सो खेलमा नवआदर्शका सन्तोष नेपाली र आदर्शका अर्जुन गुरुङले एलोकार्ड खाएका थिए। दुई खेलमा दुई जीत हात पारेको आदर्श युवा क्लब छ अड्ढ जोड्दै समूह ए को शीर्ष स्थानमा उक्लिएको छ भने समान तीन अड्ढ भए पनि शीतलज्योति दोस्रो र नवआदर्श तेस्रो स्थानमा छन्।

कमेन्टहरु
Loading...