कास्की लिगमा नवआदर्श, आदर्श युवा क्लब र पोखरा भ्याली स्पोर्टस् क्लब विजयी, ड्यामसाइड र सत्य युवा क्लब बराबरीमा रोकिए

पोखरा, ६ माघ। कास्की जिल्ला फुटबल सङ्घको आयोजनामा पोखरामा सञ्चालित बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नवआदर्श सामुदायिक विकास समाज, आदर्श युवा क्लब भण्डारढिक र पोखरा भ्याली स्पोर्टस् क्लब विजयी भएका छन् भने ड्यामसाइड क्लब र सत्य युवा क्लब बराबरीमा रोकिएका छन्।

बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता
बलराम केसी स्मृति कास्की जिल्लास्तरीय रेडबुल फुटबल प्रतियोगिता

सोमबार भएको पहिलो खेलमा समूह ए को नवआदर्श सामुदायिक विकास समाज लामाचौरले डेभिजफल युथ क्लबलाई १–० ले पराजित ग¥यो। नवआदर्शको लागि अश्विन थापाले खेलको १८ मिनेटमा निर्णायक गोल गरेका थिए। अश्विन थापाले सोही खेलमै एलोकार्ड पाएका थिए। अब उसले दोस्रो खेल आदर्श युवा क्लबसँग माघ ८ गते खेल्नेछ भने डेभिजफले शतिलज्योति क्लबसँग।

दोस्रो खेलमा आदर्श युवा क्लब भण्डारढिकले एपेक्स क्लबलाई ६–० को विशाल अन्तरले परािजतग¥यो। आदर्शको जीतमा बेलप्रसाद गुरुङ र चुरामणि चौधरीले दुई–दुई तथा अमन गुरुङ र विनोद थापाले एक–एक गोल गरेका थिए।सो खेलमा आदर्शका जंगबहादुर थापा र एपेक्सका रबिन्द्र कुँवरले एलोकार्ड खाएका थिए। ड्यामसाइड क्लब र सत्य युवा क्लबीचको तेस्रो खेल तीन–तीन गोलको बराबरीमा टु·ियो। ड्यामसाइडको लागि मोतीबहादुर कार्की, सन्तोष गुरुङ र श्रीप्रसाद गुरुङले एक–एक गोल गरेका थिए भने सत्यको तर्फबाट हेमन्त गुरुङले दुई तथा गोविन्द गुरुङले एक गोलको योगदान दिए।

चौथो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले इन्द्रेणी क्लब टुँडिखेललाई २–१ ले पराजित ग¥यो। पोखरा भ्यालीको जीतमा दुवै गोल विवेक गुरुङले गरेका थिए भने इन्द्रेणीको तर्फबाट राकेश गुरुङले एक गोल गरेका थिए। सो खेलमा पोखरा भ्यालीका विवेक गुरुङ र रोशन हिराचन तथा इन्द्रेणीका सुमन गुरुङले एलोकार्ड खाएका थिए। प्रतियोगितामा १८ क्लबको सहभागिता रहेको छ। म·लबार दुई खेलमात्र हुनेछन्। जसअनुसार समूह सी को संगम युथ क्लब र विष्णुपादुका क्लब हेमजाबीच बिहान आठ बजे पहिलो तथा समूह बी को भदौरे क्लब र रामघाट क्लबबीच साढे नौ बजे दोस्रो खेल हुनेछ।

कमेन्टहरु
Loading...