क्बड्डीमा नेपालको महिला टिम सेमीफाइनलमा

भारत, सिलोङ, १ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को कबड्डी खेलमा नेपालको महिला टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

लिगकम नकआउटको आधारमा खेलाइएको कबड्डीमा नेपालको महिला टिम एकमा जित र दुइमा हारका बाबजुद सेमीफाइनलमा प्रवेश गरेको हो ।

गुवाहाटीमा आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भयो । बंगलादेशले नेपाललाई २४÷१७ को अन्तरमा पराजित ग¥यो । पहिलो हाफमा नेपाल १७÷८ ले पछि थियो । नेपालले दोश्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेपनि ७÷९ ले पछि प¥यो र समग्रमा २४÷१७ ले बंगलादेशलाई जित सुम्पियो ।

पुरुष टिम भने लगातार पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । यसअघी आयोजक भारत र पाकिस्तानसँग पराजित नेपालको पुरुष टिम आज श्रीलंकासँग पनि पराजित भएपछि प्रतियोगिताबाटै बाहिरियो । श्रीलंकाले नेपाललाई आज ३२÷१३ को अन्तरले पराजित गरेको हो ।

कमेन्टहरु
Loading...