क्योकुशिन कान कराँतेको अन्तर्राष्ट्रिय सेमिनार पोखरामा सुरु

91

पोखरा, २७ भदौ / नेपाल क्योकुशिन कान कराँते संघको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ ।

क्योकुशिन कान कराँते साउथ अफ्रिका प्रमुख तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकारी हेनी बोसमेन र क्योकुशिन कान नेपालका संस्थापक राजेन्द्र सुबेदीले बिहिबार देखी आगामी सोमबार सम्म सेमिनारमा प्रशिक्षण दिने छन् ।

होनिई बोसनले ८ औँ तहको कालो पेटी पाएका छन् भने राजेन्द्र सुबेदीले ४ औ तहको कालो पेटिका हुन् ।

नेपालका विभिन्न जिल्लाका ६० खेलाडी सेमिनारमा सहभागी भएका छन् । प्रशिक्षणमा बेशिक, कुमेते, स्टेपिङ र अन्तराष्ट्रिय नियमहरु प्रशिक्षण दिइने सेमिनारका संयोजक तथा गण्डकी प्रदेश प्रमुख दिपक गोदारले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...