पोखरामा प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

पोखरा, १६ फागुन/ आगामी वर्षको फागुन २० देखि २७ गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । नवौं राष्ट्रिय खेलकुदको लागि आवश्यक भौतिक पुर्वाधारसँगै खेल मैदान निर्माण कार्य चलिरहेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा पहिलो पटक महिला राष्ट्रिय हक्की प्रतियोगिता आयोजना दुईदिनपछि हुदैं छ । प्रतियोगिताका फागुन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने छ ।

सहाना प्रधान स्मृति प्रदेशस्तरीय राष्ट्रिय महिला हक्की शनिबारदेखि पोखरामा शुरु हुदैं छ । दुईपछि शुरु हुने प्रतियोगिताको लागि खेलाउने मैदानको टुंगो छैन् । हक्कीको लागि खेलमैदानको अभाव छ । मैदानकै अभावबीच नेपाल हक्की संघले सहाना प्रधान स्मृति दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिता पोखरामा आयोजना गर्ने गरी जिम्मेवारी सुम्पिएको छ । कास्की जिल्ला हक्की संघले व्यवस्थापन गर्ने छ ।

मैदानकै अभावमा पोखरा रंगशालाभित्रको आर्चरी मैदानमै महिला हक्की आयोजना गर्ने निर्णय गरिएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बताए । ‘मैदान कतैपनि छैन् । हक्कीलाई ग्राउण्ड नै छुट्टाइएको छैन् । मैदान नहुदाँ नहुदैं राष्ट्रियस्तरको प्रतियोगिताको जिम्मेवारी पोखरालाई छ ।’ उनले भने–‘नवौं राष्ट्रिय खेलकुद पोखरामै आयोजना हुने छ । त्यसलाई लक्षित गर्दै अहिले प्रतियोगिता गरेर तयारी अघि बढाईने छ ।’

मैदानको पर्याप्तता नहुदाँ समेत महिला हक्कीले भने गतवर्ष नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला हक्की तर्फ भने रजत पदक जितेको थियो । नेपाल आर्मीलाई पराजित गर्दै फाईनल पुगेको गण्डकी प्रदेश सुदुरपश्चिमसँग १–० गोलले पराजित हुदैं रजत पदकमा चित्त बुझाएको थियो ।

कास्की जिल्ला आर्चरी संघले पनि राष्ट्रिय महिला हक्की प्रतियोगिताको लागि मैदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । आफनो टे«निङ समय बाहेक अन्य समयमा प्रतियोगिता सञ्चालन गर्न कुनै अवरोध नहुने स्पष्ट संघले पारेको । ‘हामीले विहान ७ देखि बढीमा ९ बजेसम्म टे«निङ गछौं ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘हामीले पत्रचार आएको अवस्थामा कार्यसमिति बसेर निर्णय गर्छौ ।’

प्रतियोगितमा विभागीय टोलीमा नेपाली आर्मी क्लबको सहभागिता रहने छ । कर्णाली प्रदेशको सहभागिता भने नहुने उनले स्पष्ट पारे । प्रतियोगितामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न. ५, सुदुरपश्चिम प्रदेशको सहभागिता रहने छ । राष्ट्रिय खेलकुद परिषदको सहयोगमा आयोजित प्रतियोगितालाई लिगकम नकाउटमा खेलाईने छ । सहाना प्रधान स्मृतिको पहिलो संस्करणमा गण्डकी प्रदेशले कास्य पदक जितेको थियो । भारतको सिलोङमा आयोजित १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालले महिला तर्फ कास्य पदक जितेको थियो ।

प्रतियोगिताको विजेतालाई नगद ५० हजार राशीसहित शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी दोस्रो हुने टोलीले नगद २५ हजार रुपैयाँ पाउदाँ तेस्रो स्थानमा रहने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितालाई पोखरा महानगरपालिकाले सहयोग गर्ने विश्वास लिइएको छ ।

सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताले नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्नेसँगै नयाँ खेलाडी छनोट गरिने योजना समेत हक्की संघले जनाएको छ । पोखरा रंगशालाभित्र हक्कीको लागि आवश्यक पुर्वाधार नभएपनि पोखरा रंगशालाभित्रको गेट नं २ को सानो ठाँउमा महिला हक्की टोलीले जेनतेन नियमित प्रशिक्षण गर्दै आएका छन् । महिला तथा पुरुष हक्कीको लागि गण्डकी प्रदेशमा प्रशिक्षक समेत अभाव छ ।

 

कमेन्टहरु
Loading...