हिमालयन शेर्पा र संकटा सुपर सिक्सको होडमा

पोखरा, १७ माघ/हिमालयन शेर्पा क्लब र संकटा क्लबले शुक्रबार जीत हात पारेसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको सुपर सिक्समा पुग्ने संभावना कायम राखेको छ । हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई ४–१ गोलले हराउँदै सुपर सिक्समा पुग्ने संभावना कायम राखेको हो । जीतसँगै उसले १० खेलबाट १५ अंक जोडेको छ र उसले अझै दुई खेल खेल्न बाँकी छ । पुछारबाट तेस्रो स्थानमा रहेको जाउलाखेलको रेलिगेशनको खतरा टरेको छैन ।

जावलाखेलले हिमालयन शेर्पालाई बराबरीमा मात्र रोक्न सकेको भए रानीपोखरी कर्नर टीम आरसिटी र ब्वाईज युनियन क्लब रेलिगेशनमा पर्ने थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नवौं मिनेटमा आत्मघाती गोल गरेका प्रदीप महर्जनले ४१ औं मिनेटमा जाउलाखेलका लागि बराबरी गोल फर्काएका थिए । तर, जावलाखेलले बराबरी जोगाउन सकेन र लगातार तीन गोल व्यहो¥यो । हिमालयन शेर्पाका लागि सेगुनले ५० औं र ६३ औं मिनेटमा गरी दुई तथा लक्ष्मण रुचालले ७६ औं मिनेटमा एक गोल थपेर टिमलाई ४–१ गोलले जीत दिलाए । गत वर्षको लिगमा हिमालयन शेर्पाले जावलाखेललाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै, विदेशी खेलाडी ओलावाले नायक बन्दा संकटा क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ४–१ गोलले पराजित ग¥यो । शुक्रबार भएको दोश्रो खेलमा ओलावाले एक्लैले ४ गोल गरेपछि एपिएफलाई हराउँदै संकटा सुपर सिक्स होडमा उभिएको हो । यो जितपछि १० खेलबाट १६ अंक बटुलेको संकटा चौथो स्थानमा उक्लिएको छ । एपिएफको भने समान १० खेलबाट १७ अंक छ ।

खेलको २० औं मिनेटमा संकटाको खाता खोलेको ओलावालेले दुई मिनेट पछि नै अग्रता दोब्बर पारे उनले ५८ औं मिनेटमा हृयाट्रिक पूरा गरे । खेलको ७४ औं मिनेटमा ओलावालेले व्यक्तिगत चौथो गोल गरेपछि संकटा ४० को अग्रता लिन सफल भयो । एपीएफका लागि ८३ औं मिनेटमा सन्तोष श्रेष्ठले सान्त्वना गोल गरे । यसअघि, ७८ औं मिनेटमा गणेश लावतीले गोल गरेपनि रेफ्रीले अफसाइड दिए । गत वर्षको लिगमा एपीएफले संकटालाई २–० गोलले पराजित गरेको थियो । लिगमा शनिबार कुनै खेल हुनेछैनन् भने आईतबार आरसिटी र जावलाखेल तथा पुलिस र ब्वाईज युनियन खेल्नेछन् ।

कमेन्टहरु
Loading...