गण्डकी प्रदेशबाट खेल्न जाने खेलाडीको बिदाई

पोखरा, २ बैशाख/आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुरु भएको झण्डै हप्ता दिन भईसकेको छ । बैशाख ५ गते नेपालगन्जमा हुने प्रतियोगिताको उदघाटन समारोह हुदैं छ । त्यसकै स्वरुप आईतबार गण्डकी प्रदेशले आफना खेलाडीलाई विधिवत रुपमा बिदाई गरेको छ ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलाडीलाई अविर लगाई जितको शुभकामना व्यक्त गर्दै बिदाई गरिन् । बिदाई गर्दै मन्त्री पुनले खेलाडी हतास हुन नहुने भन्दै जहिले पनि मानसिक रुपमा तयार रहनुपर्नेमा जोड दिईन् । ‘खेलाडमा हतास मनस्थिति हुनु हुदैन् ।’ उनले भनिन–‘मानसिक रुपले तयार हुुनुपर्छ ।’

गण्डकी प्रदेशले आगामी वर्ष खेलकुद विकासको लागि आवश्यक योजना तर्जुमा गरिने स्पष्ट पारिन् । गण्डकी प्रदेशकै अर्थ विकास समितिका सभापति दिपक कोइरालाले गण्डकी प्रदेशको खेलकुद विकासको लागि आवश्यक भौतिक पुर्वाधार र खेलाडीलाई प्रशिक्षणको व्यवस्थापन मिलाउने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

बिदाई हुनेमा मार्शल आर्ट अन्तर्गत तेक्वान्दो, फूलकन्ट्याक्ट कराँते, क्रिकेट, ह्याण्डबल लगायतका खेलाडीहरुलाई सामूहिक रुपमा बिदाई गरिएको हो । अन्य खेलका खेलाडीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समिति मार्फत बिदाई गरिदैं आएको छ ।

गण्डकी प्रदेशबाट विभिन्न ३५ खेलको लागि ५ सय ६१ जना खेलाडीले प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले जनाएको छ । बिदाई समारोहमै मन्त्री पुनले प्रतियोगिताको लागि गण्डकी प्रदेशको सेभ मिसनको रुपमा पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष सम्पन्न श्रेष्ठलाई झण्डा हस्तान्तरण गरिएको थियो । उक्त झण्डा मार्चपासको समयमा नेपाल महिला भलिबलकी उपकप्तान मन्जु गुरुङले बोक्ने छिन् ।

शुभकामना र्यालीसहितको बिदाई समारोहमा पाँच ओलिम्पियनले टर्च बोक्दै बजार परिक्रमा गरेका थिए । ओलम्पियनहरु सुटिङकी भगवती केसी तथा एथलेटिक्सका जितबहादुर केसी, विमला रानामगर, मेनका रावल र डम्बर कँुवरले ओलिम्पक टर्च लिएर पोखराको मुख्य बजारस्थल परिक्रमा गरी पोखरा रंगशाला पुगेर समापन गरिएको थियो । ओलम्पियन टोलीलाई पथ प्रदर्शकको रुपमा भने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदारले भूमिका निर्वाह गरेका थिए ।

आठौं राष्ट्रिय खेलुकद प्रतियोगिताको आईतबारसम्म खेल टुंगिदाँ गण्डकी प्रदेशले एक स्वर्ण पदक मात्रै जितेको छ । पदकको आशा गरिएको मार्शल आर्टका खेलहरु भने बैशाख ३ गतेदेखि शुरु हुने छन् । गण्डकी प्रदेशले फुल कन्ट्याक्ट र सितेरियो कराँतेबाट स्वर्ण पदकको अपेक्षा गरेको छ ।

कमेन्टहरु
Loading...