पोखरा, २५ असोज/ लाली गुराँस एशोसियसन(एलजी)को आयोजनामा पोखराको अमरसिंह चौरको खेलमैदानमा आयोजित यु –१३
सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत संगम एकेडेमी र अमरसिंह ब्वाईजले जित निकाल्दै क्र्वाटरफाईनल प्रवेश गरेका छन् ।
बुधबार भएको पहिलो खेलमा संगमले फुलबारी ११ लाई २–० गोलले पराजित गरेको थियो । लक्की गुरुङ र सिदार्थ गुरुङको गोलमा
जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो । त्यस्तै अमरसिंह ब्वाईजले पनि एलजीको टोलीलाई २–०ले पराजित गर्ने क्रममा
निश्चित गुरुङ र विकास नेपालीले गोल गरेका थिए ।
यसैगरी यु–१७ अन्तर्गतको खेलमा भने सिंगापुर टोल एफसीलेले टुटुंगा एफसीलाई ३–० गोल अन्तरले पन्छाउँदै दोस्रो चरणको यात्रा
तय गर्यो । पहिलो गोल उपहार पाउँदै अगाडि बढेको सिंगापुरको लागि सचिन थापा र निकेश पुनले गोल गरेका हुन् । एल्सनमाथि
बागमाराको टोलीले भने प्रतिस्पर्धात्मक रुपमा २–१ गोलको नजिता निकाल्यो । अनिष श्रेष्ठ र सुरेश भुजेलको गोलसँगै जित निकाल्दा
एल्सनका लागि प्रशान्त श्रेष्ठको नाममा एक गोल लेखियो ।
एल ए क्लबले पनि आशा ममोरियललाई पराजित गर्ने क्रममा उपहार गोल निर्णायक बनिदियो । कमलपोखरी एफसी बाझापाटनले
बगैंचा एफसीलाई २–० गोलले पराजित गर्दै अन्तिम २४ भित्र छिर्यो । विकास विक र अमित उप्रेतीले गोल गर्दै दोस्रो चरणको यात्रा
निश्चित बनाएका थिए । शितलज्योतिलाई भने एसओएसले उस्तै २–० गोलकै नजिताले पन्छायो । अनिल केसी र ओम कुँवरले
हानेका थिए । रोयल युनाईटेडले पनि चैट चैटलाई पराजित गर्न अनुप क्षत्रीको निर्णायक गोल रह्यो । एसएम एफसी भने मालेपाटन
एसँग ३–१ गेलले पराजित हुदैं बाहिरियो । योगेश गुरुङ, जीवन नेपाली र रोशन मगरले गोल गरेका हुन भने एकमात्र गोल मदन
गुरुङले फर्काउन सफल भए ।
आयोजक एलजीको सीले हिमाञ्चल ब्वाईजलाई भने ३–२ गोल अन्तरले पन्छाउँदै दोस्रो चरणको यात्रा तय गरेको छ । कुनल राईले दुई र
दिपक रावतले एक गोल गरेका थिए भने सन्दीप तामाङ र रोशन गुरुङले हिमाञ्चलका लागि गोल फर्र्काएपनि हार टार्न भने सकेनन् ।
यसैगरी मसिना एफसीले डुंगा एफसीलाई भने ४–१ को फराकिलो गोल अन्तरले निकाल्दै दोस्रो चरणको यात्रा तय गर्यो ।
प्रताप गुरुङ, सिदार्थ गुरुङ, ओम गुरुङ र सन्जु गुरुङले मसिनाका लागि गोल गरेका थिए । एक मात्र सान्त्वना गोल भने सुजल थापाले
फर्काए । प्रतियोगिताका संयोजक ओम गुरुङका अनुसार यु–१७ तर्फ ४८ टिमको सहभागिता रहेको छ । यु–१३ तर्फ ११ टिमले प्रतिस्पर्धा
गर । खुल्ला महिला तर्फ भने चार टोलीको सहभागिता रहेको उनले बताए । महिला तर्फ विजेतालाई भने ट्रफी पदक तथा प्रमाणपत्र
प्रदान गरिने छ ।
प्रतियोगितामा यु–१७ मा विजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले भने
नगद २२ हजार २ सय २२ रुपैयाँ पाउने छ । त्यसैगरी यु–१३ को विजेताले नगद ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता
टोलीले ५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजक एलजी एशोसियसनले जनाएको छ । उत्कृष्ठ खेलाडी, उत्कृष्ठ डिफेन्स, गोलकिपर,
मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई पनि नगद १ हजार रुपैयाँ प्रदान गरिने छ ।