कास्की फेन्सिङ संघमा शाही, सामान र प्रशिक्षणस्थलको समस्याले ओझेलमै

पोखरा, ३० जेठ /पोखरामा स्थापना भएको चार वर्ष भयो । चार वर्षमा केही समय सक्रिय हुदैं लुप्त अवस्थामा पुग्यो फेन्सिङ संघ । फेरी सक्रिय बन्दै छ । नयाँ कार्यसमिति गठन गरिएको छ ।

फेन्सिङ व्यक्तिगत(इण्डिभिज्युल) खेल हो । व्यक्तिगत खेलमा पदकको सम्भावना प्रवल हुन्छ । पदकको प्रवल सम्भावना भएपनि आवश्यक सामाग्री र प्रशिक्षणस्थल नहुदाँ फेन्सिङमा प्रभावकारी छाप भने छाड्न सकेको छैन् ।

कास्कीले आठौं राष्ट्रिय खेलुकद प्रतियोगितामा प्रतिस्पर्धा गर्यो । दुई कास्य पदक जित्यो फेन्सिङमा । टिम इभेण्टमा पदक जितेको फेन्सिङ खेलको विस्तार भने कास्कीबाट गण्डकी प्रदेशका अन्य जिल्लामा हुन सकेको छैन् । आवश्यक सामाग्री सहज उपलब्ध छैन् । प्रशिक्षणस्थल पनि छैन् ।

जिल्ला खेलकुद विकास समितिले पनि सहयोग गरेको भान संघलाई छैन् । ओझेलमा रहेपनि राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई पदक जितेर फर्किएपछि आम चासोको खेलको रुपमा फेन्सिङलाई हेर्न थालिएको छ ।

फेन्सिङ तीन इभेण्टमा प्रतिस्पर्धा हुन्छ । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयर(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन तार जडित हुन्छ ,छोएपनि नम्बर देखाउँछ ।) इभेण्टमा प्रतिस्पर्धा हुने गरेको छ । कास्कीले फोयर अन्तर्गत टिम इभेण्टमा कास्य पदक जितेको हो ।

‘आठौं राष्ट्रिय गेममा खेलाडीको भत्ताबाट ड्रेस किन्यौं ।’ नेपाल फेन्सिङ संघकी केन्द्रिय सदस्य रेखमाया गुरुङले भनिन–‘माश्क र सोर्डको अभाव छ ।’ सामान्य ड्रेसको ७ हजार रुपैयाँ पर्छ । त्यसमा चेष्टगार्ड छुट्टै किन्नुपर्छ । जुन इलेक्ट्रोनिक हुन्छ । विशेष गरी खेलमा मात्रै प्रयोग गर्ने गरिन्छ । ज्याकेटलाई पनि ७ हजार रुपैयाँ नै पर्ने उनको भनाई थियो । सामान्य खालको सोर्डलाई २७ सय रुपैयाँ पर्ने गर्छ ।

‘खेलाडीहरु प्रशिक्षण गर्न आउँछन् तर खेल सामाग्रीको अभाव छ पर्याप्त नहुदाँ प्रशिक्षणलाई प्रभावकारी बनाउन सकिएको छैन् ।’ उनले भनिन–‘फेन्सिङ सिकाउने प्रशिक्षणस्थल छैन् । पार्टी प्यालेसमै सिकाँउछौं ।’ केन्द्रीय सदस्य गुरुङका अनुसार कास्कीमा दुई वटा ठाँउमा मात्रै फेन्सिङको प्रशिक्षण गराईने बताईन् ।

उनले पोखरा १० स्थि तभमरकोट पार्टी प्यालेसमा हप्ताको दुई दिन शुक्रबार र शनिबार मात्रै प्रशिक्षण गराउँदै आएको बताईन् । अर्का निशान कार्कीले आफनै डोजाङमा प्रशिक्षण दिने गरेको उनले सुनाईन् । दुवै तेक्वान्दोका खेलाडी समेत हुन् ।

फेन्सिङ खेल विभागीय टोलीमा छ । विशेष गरी आर्मीमा अझ बढी खेलाडी छन् । शसस्त्र प्रहरीले पनि फेन्सिङको प्रशिक्षण दिदैं आएको छ । काठमाडौंमा खेलिन्छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि प्रदेश नं १ र प्रदेश नं ७ मा पनि यसको प्रशिक्षण शुरु गरिएको उनको भनाई थियो । नेपाल प्रहरीमा समेत प्रशिक्षण शुरु गरिएको छ ।

कास्कीमा झण्डै १ सय जना खेलाडीहरु छन् । आठौंमा गण्डकी प्रदेशले फोयल टिम इभेण्टमा महिला तथा पुरुषमा कास्य पदक जितेको थियो । महिला तर्फ अरुण थारु, अन्जली मगर, निश्चल म गर, अस्मिता मगर थिए भने पुरुष खेलाडीमा दिपेश गुरुङ, प्रकाश गुरुङ, रविन गुरुङ र लेखबहादु घर्ती रहेका थिए ।

‘हामीसँग एज ग्रुप(उमेर समूहका) खेलाडी छन्।’ उनले भनिन–‘एज ग्रुपले नेशनलमा सिनियर खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्छ । विदेशमा एज बारमा खेलिन्छ ।’ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने हुदाँ त्यसै अनुसारको प्रशिक्षण अहिले देखि नै शुरु गर्नुपर्ने जिकिर संघले गरेको छ ।

नयाँ कार्यसमिति गठन

कास्की जिल्ला फेन्सिङ संघको मंगलबार भएको दोश्रो साधारण सभा तथा अधिवेशनले विजय शाहीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा छवि गुरुङ, सचिवमा सन्दीप बराल, कोषाध्यक्षमा विसान कार्की र सदस्यहरुमा नविन सुवेदी, शशिविक्रम पालिखे र विष्णुमाया गुरुङ सर्व सम्मत चयन भएका छन् ।

नेपाल फेन्सिङ संघकी केन्द्रिय सदस्य रेखमाया गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विजय शाहीले फेन्सिङ खेलको सम्भावना प्रचुर भएता पनि प्रचारप्रसार र विगतमा संघले गतिलिन नसक्दा ओझेलमा परेको बताउँदै आफुले संघलाई गतिशिलता दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यसमितिको पहिलो बैठकले संघको सल्लाहकारमा मधुसुदन सुवेदी, भीमसेन थापा, कृष्ण रानाभाट, विनोद नेपाली र कानूनी सल्लाहकारमा दामोदर अधिकारीलाई मनोनित गर्ने निर्णय गरेको सचिव सन्दीप बरालले बताए ।

त्यस्तै अगामि असार ६ गते कामाण्डौमा हुन गई रहेको फेन्सिङ संघ नेपालको केन्द्रिय अधिवेशनमा मताधिकार सहितको अधिकार प्रदान गर्दै संघका नवनिर्वाचित अध्यक्ष विजय शाहीलाई प्रतिनिधि पठाउने निर्णय गरिएको पनि सचिव बरालले जानकारी दिएका छन् ।

निर्वाचित अध्यक्ष शाहीले फेन्सिङ खेलको सम्भावना भएपनि ओझेलमा परेको स्पष्ट पारे । ‘फेन्सिङ खेलको विकास र विस्तार गर्ने योजनासहित अब ट्रेनिङ सेन्टर स्थापना गर्ने प्रमुख उद्देश्य रहने छ ।’ उनको भनाई थियो ।

कमेन्टहरु
Loading...