नेपालले क्रिकेटमा दोस्रो खेलमा पनि मलेसिया ११ लाई हारायो

पोखरा, ७ माघ / मलेसिया ११ सितको दोस्रो एकदिवसीय खेलमा पनि नेपाली टोली नेपाल क्रिकेट संघ–११ले उत्कृष्ट नजिता निकाल्दै तीन खेलको श्रृखंला २–०ले अग्रता लिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा लक्ष्य पछ्याएको मलेसिया ११ लाई १२० रनमा रोक्दै बन्द प्रशिक्षणमा रहेको टोलीले दोस्रो खेलमा पनि फराकिलो १७० रनको जित निकाल्यो ।

मलेसियाले २९१ रनको लक्ष्य पछ्याएको थियो । अघिल्लो दिनको भन्दा बढी रनको लक्ष्य पछ्याउने क्रममा मलेसियन टोली भने २८।४ ओभरमा अलआउट हुदैं १२० रनमा समेटियो । मलेसियन टोलीलाई सस्तैमा रोक्न किशोर महतो र ललित राजवंशीको उत्कृष्ट स्पेल रह्यो । उनीहरु दुवैले समान ३ विकेट लिए ।

कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले अर्धशतकीय पुरा गर्दै रिटायर्ड आउट भए । मल्लले ५० बल ५५ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए । पौडेलले ५६ बलमा ४ चौका र २ छक्का मदतले ५५ रनको योगदान गरे । मलेसियाको बलिङमा नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए । मोहमद अरिफ र शर्भिन मुनिएन्डीले समान १र१ विकेट लिए ।

जवाफी व्याटिङ शुरु गरेको मलेसिया ११ भने १२० रनमै समेटियो । मलेसियाको लागि सयद अजिजले सर्वाधिक २८ रन, भूशन सेभले २४ , भिरनदिप सिंहले २३ तथा एहमद फैजले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कमेन्टहरु
Loading...