दोस्रो संस्करणको पिपिएलको उपाधि चितवन राईनोजलाई, करण, ज्ञानेन्द्र र रोहनलाई मोटरसाईकल

पोखरा, १२ पुस / अपराजित रहदै चितवन राईनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि उचालेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगरलाई ३२ रनले पराजित गर्दै चितवन राईनोजले उपाधि उचाल्यो । गत वर्ष पहिलो संस्करणमा चितवन पोखरा पल्टनसँग पराजित हुदैं उपविजेता बनेको थियो ।

चितवन राईनोजले जितको लागि दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका नोमन खान र मोहम्द जैद आलमले सर्वा्धिक ५३ रनको साझेदारी गरे पनि जित निकाल्न सकेनन् । खेलमा ओपनर जैद खानले सतकीय इनिङ्स खेले पनि जितका सम्भव भएन् । ४८ बलको सामना गरेको जैदले ५ चौका र ३ छक्काको मद्दतमा ५७ रनको व्यक्तिगत स्कोर गरेका थिए ।

यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ तथा पुनित मेहराले ३२ रन जोड्दा नोमन खान १८ रनमा रनआउट भएका थिए । बाँकी ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङ तर्फ चितवनका करण केसीले सर्वा्धिक ३ विकेट हात पार्दा सन्नि पटेलले २ तथा रोहन मुस्ताफाले एक विकेट लिए ।

उपाधि भिडन्तका लागि यस अघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरको समाप्तिमा ५ विकेट गुमाएर २ सय २ रन जोडेको थियो । ओपनर रोहन मुस्ताफा र तेस्रो नम्बरमा आएका अनिल शाहले ९५ रनको साझेदारी गर्दा चितवनको इनिङ्स उकासिएको थियो । खेलमा अनिलले अर्धसतकीय इनिङ्स खेल्दा रोहन मुस्ताफाले पनि अर्धसतकीय इनिङ्स नै खेले ।

३४ बलको सामना गरेका अनिलले ३ चौका र ३ छक्का प्रहरा गरेका थिए भने ४३ बलको सामना गरेका रोहनले ३ चौका र १ छक्का आफ्नो नाममा लेखाएका थिए । त्यसपछि ब्याटिङमा आएका अरिफ शेखे १९ तथा सन्नी पटेल र करण केसीले क्रमश अविजित १६ र २६ रन जोड्दा चितवनले विराटनगर सामु २ सय ३ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

यस्तै अर्का ओपनर पारस खड्काले २५ रन बनाउँदा बाबर हायत ५ रनमा क्याच आउट भएका थिए । ११ बलको सामना गरेका पारसले ४ चौका र एक छक्का प्रहार गरेका थिए । विराटनगरका पुनित मेहरा र मोहम्मद जैद अलामलले समान २÷२ विकेट हात पार्दा किशोर महत्तो एक विकेट आफ्नो नाममा लेखाए ।

करण, ज्ञानेन्द्र र रोहनलाई टिभिएस मोटरसाईकल

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा करण केसी उत्कृष्ट बलर घोषित भएका छन् । उनले १३ विकेट लिएका थिए । उत्कृष्ट व्याट्सम्यान काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र म्यान अफ दि सिरिजबाट चितवन राईनोजका रोहन मुस्तफा घोषित भए ।

उनीहरु सबैले टिभिएस मोटरसाईकल पुरस्कार पाए । मोष्ट भ्यालुएबल प्लेयर विराटनगर टाईटन्सका लोकेश बाम घोषित भए । उनले नगद १ लाख रुपैयाा पाए । इमर्जिङ प्लेयरबाट एक्सपर्ट धनगढी ब्लुजका अनिल खरेल घोषित हुदैं नगद ५० हजार थापे ।

क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा विजेता चितवन राईनोजले २७ लाख नगद पुरस्कार पाउँदा उपविजेता विराटनगर टाईटान्सले १० लाख रुपैयाँ पायो । विजेता दुवै टोलीका खेलाडीहरुलाई गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी तथा भरतपुर महानगरपालिकाका मेयर रेणुका दाहालले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...