पोखरामा स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता सुरु

हेमजा, ५ भदौ/ कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहीबार सुरु भएको छ । प्रतियोगिता भाद्र ७ गतेसम्म हुनेछ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले खेलले विद्यार्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै धैरेवान र होसियार बन्न सिकाउने बताए ।

जिल्ला खेलकुद बिकास समिति कास्की प्रमुख प्रकाश बरालले शुभकामना दिएको प्रतियोगितामा २८ बिद्यालयका १८५ बिद्यर्थीको सहभागिता रहेको छ ।

कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष सुक्र कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिनराज तिमिल्सिनाले र सञ्चालन सचिब युवराज भण्डारीले गरे ।

कमेन्टहरु
Loading...