भिमकाली कपमा पाहुना टिम गुल्मी युनाईटेड बाहिरीयो

पोखरा, २२ वैशाख/पोखराको पुरानो टुडिखेलमा जारी दोस्रो भिमकाली सेभेन ए साईड कपमा शनिबार सम्पन्न दोस्रोे चरणको खेलबाट तारा फुटबल क्लब, बि–१३ बाझापाटन, एम–१२, रन्जन मेमोरियल, बिष्णु पादुका क्लब, पस गाउँ, एल जि एसोशियसन र सँगम फुटबल क्लब बिजयी भएको छ ।

शनिबार सम्पन्न पहिलो खेलमा टि नाईन स्पोर्टस्लाई तारा फुटबल क्लबले ३–१ को गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश ग¥यो । बि–१३ र शुक्लागण्डकी बिच भएको दोस्रो खेल १–१ को बराबरीमा सकिएपछि ट्राईबेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै बि–१३ क्वाटरफाईनलका लागी स्थान बनायो ।

प्रतियोगिताको तेस्रो खेलमा बि.वाई.सि टिम बिलाई क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एम–१२ बिजयी भयो । त्यसैगरी चौथो खेलमा बि.वाई.सि टिम एलाई ४–१ को गोल अन्तरले रन्जन मेमोरियलले पाखा लागायो । प्रतियोगिताको पाचौ खेलमा फेवा युनाईटेडलाई बिष्णु पादुका क्लबले २–० गोल अन्तरले क्वाटरफाईनलमा प्रबेश ग¥यो ।

त्यसैगरी छैटौ. खेलमा पाहुना टोली गुल्मी युनाईटडलाई पसगाउँ क्लबले ४–० को फराकिलो गोल अन्तरले हरायो । पसगाउँको जितमा प्रदिप गुरुङले ह्याट्रिक गर्न सफर रहे । प्रतियोगिताको सातौ खेलमा एल जि एसोशियसनले मर्निङ गाईजलाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलको लागी छनौट भयो ।

आजको अन्तिम खेलमा फेदी फुटबल क्लबलाई सँगम फुटबल क्लबले २–० को गोल अन्तरले हराउदै क्वाटरफाईनलमा प्रबेश गरेकोे खेल संयोजक मनोज श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आईतबार प्रि–क्वाटरफाईनलका ८ खेलहरु सञ्चालन हुनेछन ।

आगामी २५ गते फाईनल हुने प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार प्राप्त गर्नेछ भने उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...