कराँतेको एक टोली जापान प्रस्थान

पोखरा, १३ असोज/ जापानको सुजुका शहरमा भोलि हुने चौथो सुजुका खुल्ला शिन क्यूकोशिन

कराँते प्रतियोगितामा सहभागि हुन दुई खेलाडी सहितको तीन सदस्य नेपाली

टोली जापान प्रस्थान गरेका छन ।

एक दिने उक्त प्रतियोगितामा नेपालको तर्फबाट ५५ देखि ६५ केजी तौल समुहमा

असोक लामा रुम्बा र कृष्ण चन्द्र बानिया ६५ देखि ७५ केजी तौल समुहमा

प्रतिष्प्रर्धा गर्नको लागि आज थाई एयरको विमानबाट जापान प्रस्थान गरेका

हुन। प्रशिक्षक सहितको अपिसियलको रुपमा रहेका सुर्य बुढाथोकी समेत टोलीमा

रहेकाछन। खेलाडीहरुले पदक ल्याउने आशाका साथ आफुहरु जापान प्रथान गरेको

बुढाथोकीले जनाए ।

कमेन्टहरु
Loading...