अन्नपूर्ण इन्टरनेसनल कपेरिट ब्याडमिन्टनमा भुगोल र आकृतिलाई उपाधि

पोखरा, २४ जेठ/प्रदेश नम्बर ४ स्तरीय अन्नपूर्ण पोष्ट इन्टरनेसनल कपेरिट ब्याडमिन्टन प्रतियोगितामा कास्कीका भुगोल गुरुङपुरुष एकल तर्फको च्याम्पीयन भएका छन् । पोखरा रंगशालास्थित ब्याटमिन्टन हलमा भएको प्रतियोगितामा गुरुङले बागलुङका बिबेक जिसीलाई १८–२१, २१–८, २१–२ को तेस्रो सेटमा पराजीत गरी पुरुष एकल तर्फको च्याम्पीयन भए ।

यसै गरी महिला एकल तर्फ कास्कीकी आकृति केसी च्याम्पीयन बनेकी छन् । केसीले कास्कीकै प्रजिता गुरुङलाई २१–१८, २१–५ को सोझो सेटमा पराजित गरी महिला एकल तर्फ च्याम्पीयन बनेकी हुन् । प्रतियोगिताको मिक्स डबल्समा कास्कीका एम कुमारी गुरुङ र बिशाल खड्काको जोडीले बागलुङका मीना श्रेष्ठ र बिबेक जिसीको जोडीलाई २१– १७, २१– १३ को सोझो सेटमा पराजित गर्दै प्रथम भए ।

महिला एकल जुनियरमा कास्कीकी आकृति केसीले कास्कीकै प्रजिता गुरुङलाई पराजित गरि एकल जुनियरको उपाधी पनि हात पारिन । केसीले गुरुङलाई २१–१३, १६–२१, २२–२० मा पराजीत गरेकी हुन् । केसी महिला एकलको पनी च्याम्पीन हुन् । मेन डबल्समा तर्फको खेलमा कास्कीका बिधान अधिकारी र बिशाल बस्नेतको जोडीले कास्कीकै भुगोल गुरुङ र बिशाल खड्काको जोडीलाई २१–१०,१७–२१, २१–१८ को तेस्रो सेटमा पराजित गरे । कास्की च्याम्पीयन भुगोल गुरुङ र बिशाल खड्कालाई पराजित गर्दै बिधान अधिकारी र बिशाल बस्नेत नयाँ च्याम्पीयन बनेका छन् ।

यु १९ पुरुष तर्फको खेलमा कास्कीका बिधान अधिकारीले बागलुङका सलिन पौबीलाई २१–५ र २१–१४ को सोझो सेटमा पराजित गर्न सफल भए । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीले काठमाण्डौंमा हुने अन्तिम चरणको खुल्ला तर्फको अन्नपूर्ण पोष्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता २०१८ खुल्ला तर्फ निःशुल्क भाग लिन पाउने छन् ।

प्रतियोगितामा प्रदेश नम्बर ४ का ६९ जना खेलाडीको सहभागीता रहेको थियो ।प्रतियोगिताआयोजक अन्नपूर्ण मिडिया नेटर्वकका प्रतिनिधि र कास्की जिल्ला ब्याडमिन्टन संघको समन्वयमा संचालनभएको हो । प्रतियोगितामा विजयी खेलाडीलाई प्रहरी नायब महानिरिक्षक (डीआइजी) दान सिंह बोहरा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य जयलाल हमाल, कास्की जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष डम्बर सिहं गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले प्रमाण पत्र र मेडल प्रदान गरेका थिए ।

कार्यक्रममा डीआइजी बोहराले अन्नपूर्ण पोष्टले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश स्तरीय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता गरेर खेलको प्रवद्धनमा महत्वपूर्ण भूमीका खेलको बताए । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य जयलाल हमालले खेलकुदको विकासकालागी प्रतियोगिता निरन्त हुनु पर्नेमा यसो हुन नसकेको बेलामा अन्नपूर्ण पोष्टले इन्टरनेसनल कपेरिट ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेर खेलको विकासमा महत्वपूर्ण काम गरेको बताए ।

कमेन्टहरु
Loading...