आठौं राष्ट्रिय प्रतियोगिता लागि गण्डकीबाट पौडीमा नायक दाजुभाई छनोट

पोखरा, २८ फागुन /बागलुङका दाजुभाई सागर र किरण नायक आठौं राष्ट्रिय प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पौडी खेलमा छनोट भएका छन् ।

फागुन २४ र २५ गते पोखरामा आयोजना भएको पौडी छनोट प्रतियोगितामा सागरले आफुले खेलेका सवै २ सय मिटर ब्यक्तिगत मिड्ले, १०० मि. फ्रिस्टायल, बटरप्mलाई, ब्याकस्ट्रोक र ब्रेष्ट स्ट्रोक गरि पाँच स्पर्धामा पाँच स्वर्ण सहित पाँचौ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।

यस्तै उनलका भाई किरण २०० मिटर ब्यक्तिगत मिड्ले, १०० मि.ब्याकस्ट्रोक र ५० मि. र १०० मिटर बटरप्mलाईमा दोश्रो स्थान हात पार्दै छनोट भएका हुन् ।

अन्य छनोट हुन सफल पौडी खेलाडीहरुमा पुरुष तर्फ शिद्धान्त गुरुङ (कास्की), अर्जून नेपाली (कास्की), अंकित क्षेत्री (कास्की), कुशल पाठक (स्याङ्कजा), विदित पौडेल (कास्की), कुशल खनाल (स्याङ्कजा), निश्चल श्रेष्ठ (कास्की), सुदत बुद्धाचार्य (कास्की), विनम्र वाग्ले (तनहुँ) र सलिप श्रेष्ठ (कास्की) रहेका छन् ।

यस्तै महिला तर्फ सवै कास्कीका खेलाडी छनोट भएका छन् । जसमा रुवी तामाङ्क, जमुना गुरुङ्क , विरङ्कना खत्री, सविना कार्की, अंकिता क्षेत्री, आयुश्री पहारी र प्रियंका गुरुङ्क छन् ।

प्रतियोगिताको गण्डकी प्रदेश खेलकुद समितिका प्रमुख सम्पन्न श्रेष्ठले उद्घाटन गरेका थिए । बिजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्रीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...