सेभेन ए साइड फुटबललाई मनकामनाको साथ

पोखरा २३ चैत /युवा संघ कास्कीको आयोजनामा विहिबारदेखि सुरु हुने दोस्रो युवा संघ कप सेभेन ए साइड फुटबल प्रतियोगितालाई मनकामना केबुलकार प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

लेखनाथको भण्डाढिकस्थित खेल मैदानमा संचालन हुने प्रतियोगिताको सहप्रायोजकमा उत्तम आयल स्टोर्स र जिसी कन्ट्रक्सन विल्डर्स प्रालि रहेको युवा संघ कास्कीका अध्यक्ष विष्णु पुनले जानकारी दिए । त्यस्तै प्रायोजकमा डिलक्स ह्यूमन रिर्सोसेज प्रालि रहेको छ भने सर्वाधिक गोलकर्ता पुरस्कार सरगरमाथा इन्जिनियरिङ कन्सल्टेन्सी र उत्कृष्ट खेलाडि पुरस्कार आरसी मनी ट्रान्सफर रहेको छ । प्रतियोगितामा आयोजकका तर्फबाट सहभागी हुने युवा संघ कास्कीका निलो र रातो टिमको जर्सी प्रायोजन मनकामना प्लाई उद्योगले गरेको प्रतियोगिता संयोजक नविन पुनले जानकारी दिए ।

चैत २५ बाट सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । मैदान मर्मत टिम दर्ता लगाएका काम पुरा भएको छ । बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले उद्घाटन गर्ने कार्यक्रम रहेको युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त जित्ने छ । प्रतियोगिमा उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्ता खेलाडिलाई नगद ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक पुनले बताए । त्यस्तै अनुशासित टिमलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव १४ लाख ३० हजार खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।

कमेन्टहरु
Loading...