कांग्रेसको विचार अगाडि कोही टिक्न सक्दैन ः कोइराला

काठमाडौं, १९ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले नेपाली कांग्रेसको विचार अगाडि कोही टिक्न नसक्ने बताएका छन् । लोकतन्त्रप्रति प्रतिबद्ध साना लगानीका अखबारहरुको साझा संस्था लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजको कार्यसमितिलाई बधाइ कार्यक्रममा सभापति कोइरालाले सो कुरा बताएका हुन् । महामानव वीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विचारधाराले नै नेपाली कांग्रेसलाई आजसम्म बचाइराखेको प्रसंग उल्लेख गर्दै सभापति कोइरालाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न छापा माध्यमले थप सशक्त हुनुपर्ने बताए ।

susal kouralaचीनको उदाहरण दिँदै सभापति कोइरालाले विगतको उग्र कम्युनिष्ट पनि हाल आएर पूर्ण प्रजातान्त्रिक बाटोमा पथप्रदर्शन भएकाले अब कम्युनिष्टको लामो भविश्य नरहेको तर्क अघि सारे । प्रजातन्त्रप्रति प्रतिबद्ध व्यक्ति तथा संस्थाहरुको काँधमा यतिखेर थप जिम्मेवारी आइपरेकाले सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने बताउँदै उनले कुनै पनि संस्था स्थापनाभन्दा पनि निरन्तरता ठूलो भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरेका थिए ।

नेपाली कांग्रेस पार्टीको तर्फबाट समाजले पूर्ण सहयोग रहने बताउँदै कोइरालाले शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्त दिलेन्द्र प्रसाद बडुले लोकतन्त्रको रक्षाका लागि श्रमजीवी पत्रकारहरुले निरन्तर कलम चलाई खबरदारी गर्नुपर्ने बताएका थिए । समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीले संस्थाको बारेमा जानकारी गराउँदै सभापति कोइराला हालै संसदीय दलको नेतामा विजयी हुनुभएकोमा बधाई दिएका थिए ।

कमेन्टहरु
Loading...