एमालेले पोखरा महानगरको मेयर र उपमेयर छनौट चुनावमा कस्ले कति मत ल्याए

पोखरा, ८ बैशाख /नेकपा एमाले कास्कीले पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि उमेद्वार छनौट निवाचनबाट भएको छ । निर्वाचनमा धेरै मत ल्याउदै मयेरका लागि मानबहादुर जिसि र कृष्ण थापा छनौट भएका छन् ।

मेयरका लागि ७ जना र उपमेयरका लागि ७ जना आकांक्षी भए पछि निर्वाचनबाटै उमेद्वारको छनौट गरेको हो । महिला तर्फबाट भने मित्रकुमारी सुबेदी निविरोध भएकी छन् ।

त्यसै गरि उपमेयर तर्फ प्रभा कोइराला, मन्जु गुरुङ र देवका पहारी निर्वाची भएका छन् । पोखरा लेखनाथ महानगर समन्वय समितिका ४ सय ५७ जना मतदाता मध्ये ३ सय ९९ मत खसेको थियो ।

मेयरको लागि
मान बहादुर जिसि २४६
कृष्ण थापा २२१
श्रीनाथ बराल ११७
राजिब पहारी ८५
पुप्पज्योती ढुङ्गाना २०
नारायण प्रसाद बास्तोला १५

मदनकाजी श्रेष्ठ १३

ganthan.com

उप मेयर
प्रभा कोइराला        २७५
मन्जु गुरुङ           २११
देबका पहारी         १५६
मिना गुरुङ- ११-   १३४
उमा परियार         ११९
मिना गुरुङ १६ –    १०३
छलिकुमारी कुँबर सुबेदी ६२

कमेन्टहरु
Loading...