सहमति कार्यन्वयन नभएसम्म सरकारमा नजाने – नेपाल

सपथ कार्यक्रम बहिस्कार नगरेको स्पस्ट
सागर राज तिमिल्सिना
पोखरा २९ माघ/नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले सहमति कार्यन्वयन नभए सरकारमा नजाने बताएका छन् । प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सुशील कोईरालालाई प्रधानमन्त्री बनाउन भएका सहमति पूर्ण रुपमा कार्यन्वयन हुनुपर्ने बताए । उनले एमाले गृहमन्त्रालयमा लालायित नभएको तर सहमति कार्यन्वयन हुनुपर्ने बताए ।

यद्यपी गृहमन्त्रालयको सम्बन्धमा सहमति भए नभएको भन्ने बारेमा उनले अन्यौलमा ब्यक्त गरे । एमाले वार्ता टोलिका सदस्यले गृहमा सहमति भएको बताए पनि काग्रेसको शिर्ष तहका नेताले सहमतीका बारेमा केही नभनेको बताए । एमालेलाई गह मन्त्रालय दिने÷नदिने बारे कांग्रेस नेताकै मत बाझिएको बेला एमाले नेता नेपालले पनि बार्ता टोलिका सदस्य बाहेक उपल्लो तहका नेतालाई सहमतिको जानकारी नभएको बताएका हुन् । आफ्नै पार्टीले समर्थन गरेका प्रधानमन्त्रीको सपथ बहिस्कार गरेको बारे उनले भने सपथ कार्यक्रम बहिस्कार नगरेको बताए । उनले कांग्रेसलाई सहमति कार्यन्वयनको लागि दवाब मात्र दिएको बताए ।

नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल
नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपाल

सहमतिको आधारमा जतिसक्दो चाडो सरकारलाई पूर्णता दिन उनले आग्रह गरेका छन् । अहिलेको सरकारको मुख्य दायित्व एक बर्षभित्र संबिधान निर्माण र स्थानिय निकायको निर्बाचन ६ महिना भित्र गर्नु पर्ने दाइत्व रहेको बताए । बैंशाखमा स्थानिय निकायको निर्बाचन भएमा एमाले महाधिबेशनको समय हेरफेर हुनसक्ने उनले संकेत गरेका छन् । देश संघियतामा गएपछि प्रादेशिक चुनाब हुने भएपनि केहि समयका लागि मात्रै भए पनि स्थानिय चुनाब गर्नुपर्ने उनले बताए ।

कमेन्टहरु
Loading...