‘राजा त्रिभुवन नेपाललाई भारतमा बुझाउन चाहन्थे’

128

ललितपुर, श्रावण १७ – नेपाल मामलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले हरेक परिवर्तन र ठूला राजनीतिक हेरफेरका बेला नेपाली राजनीतिक दल तथा राजनेताहरूले भारतको ‘प्रत्यक्ष सहयोग र सद्‍भाव’ लिने गरेको बताएका छन् ।

‘नेपालमा चलेको राणाविरुद्धको क्रान्तिदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को गणतन्त्र आन्दोलनसम्म भारतले साथ दिएको इतिहास छ,’ नेपालको पछिल्लो राजनीतिक वस्तुस्थितिमाथि लेखिएका विचारमूलक लेखहरूको संग्रह ‘नेपाल इन ट्रान्जिसन’ पुस्तक विमर्श गर्न काठमाडौं आएका मुनीले मंगलबार आयोजित कार्यक्रममा भने, ‘यतिसम्म कि राजा त्रिभुवनले आफ्नो शासनसत्ता जोगाइराख्ने सर्तमा नेपाललाई भारतमा बुझाउनेसम्मको प्रस्ताव राखेका थिए ।’ कुनै दस्तावेज वा अभिलेखका आधारमा नभई आफूले ४६ वर्षयता नेपाल मामलामा नजिक रहेर काम गरेका आधारमा त्रिभुवन’boutको तथ्य पहिल्याएको दाबी उनको थियो । आफूले यस’bout दस्तावेज फेला पारेपछि प्रकाशनमा ल्याउने उनले जवाफ दिए ।

‘नेपाल इन ट्रान्जिसन’ पुस्तकमा मुनीले ‘ब्रिंगिङ दी माओइस्ट डाउन फ्रम दी हिल्स: इन्डियाज रोल’ शीर्षकको लेखमा नेपालको पछिल्लो राजनीतिक परिवर्तनका मुख्य धारका रूपमा माओवादी, प्रमुख राजनीतिक दल, राजा र अन्तर्राष्ट्रिय समुदायलाई औंल्याएका छन् । ‘जनताको चाहना र राजनीतिक दलहरूको इच्छाअनुसार मिलेर अघि बढ्नुहोस् भनेर भारतका प्रधानमन्त्रीले राजा ज्ञानेन्द्रलाई तीन पटकसम्म भन्नुभएको थियो । तर यो सुझावको सुनुवाइ नभएपछि यहाँ परिवर्तन निश्चित भएको हो,’ उनले भने, ‘यसकारण सबैले राजा ज्ञानेन्द्रलाई धन्यवाद दिनुपर्छ जसका कारण यहाँ गणतन्त्र सम्भव भएको हो ।’ माओवादीमाथि रहेको ‘आतंकवादी’ को ट्याग र उनीहरूको भारतविरोधी चिनारीका कारण भारतीय राजनीतिक दलको एउटा तहमा उसलाई ‘अछूत’ सरह मान्ने गरिएकामा सन् २००२ जुनमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईले पत्र लेखेर ‘भारतका गम्भीर चासोहरूलाई हानि नपुर्‍याउने अडानसहित विशिष्ट सम्बन्ध राख्न चाहेको’ सन्देश पठाएको मुनीले आफ्नो लेखमा उल्लेख गरेका छन् । यही पत्रको सन्देशका आधारमा माओवादीले संसदीय मूलधारको पद्धति पहिल्याउने संकेत स्पष्ट भएको उनले बताएका छन् ।

‘माओवादीले आफूलाई सामाजिक-आर्थिक रूपान्तरणको पक्षधर भन्दै आतंकवादी शक्तिका रूपमा नहेरिदिन भारतलाई मात्रै होइन, अमेरिकी र युरोपेली समुदायलाई पनि पत्राचार गरेको थियो,’ मुनीले भने, ‘भारतले आफ्ना रुचि र चासोलाई सम्बोधन गर्न मात्रै माओवादीसहितका राजनीतिक शक्तिहरूलाई आग्रह गर्ने गरेको छ । विशेषतः माओवादीको नक्सलाइट वा अरू यस्तै आतंकवादी समूहसँगको कार्यगत एकताका ’boutमा भारतको जिज्ञासा रहनु स्वाभाविक थियो ।’ राष्ट्रियता सम्बन्धमा सधैं विरोधी मानसिकता रहनु ठीक नभएको उल्लेख गर्दै उनले भने, ‘के भारतको इच्छालाई चोट पुर्‍याउनु मात्रै नेपालको राष्ट्रियता हो ?’

क्याम्बि्रज युनिभर्सिटी प्रेसबाट प्रकाशित राजनीतिक टिप्पणी र द्वन्द्वोत्तर नेपाली समाजको स्थिति’boutको वैचारिक-संग्रहमा दीपक थापा, देवेन्द्रराज पाण्डे, सुजिव शाक्य, महेन्द्र लावती, टेरेसा हि्वटफिल्ड,फ्रेडरिक रावस्की तथा मन्दिरा शर्मा, इयान मार्टिन, भोजराज पोखरेल, आदित्य अधिकारी, प्रशान्त झालगायतका लेख छन् । पुस्तकको सम्पादन सुमन प्रधान, सेवास्टियन वन आइन्सेइडेल र डेभिड एम मेलोनले गरेका हुन् ।

साभार ः कान्तिपुर

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...