पोखरा महानगरपालिकाको मेयरमा अमनले उमेद्वारी दिने

पोखरा, २० चैत /बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पोखरा लेखनाथ नगरपालिकाको मेयरमा अमन विक्रम थापाले उमेद्वारी दिने भएका छन् ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट तर्फबाट थापाले उमेद्वारी दिने भएका हुन् । लोकतान्त्रिक पार्टीबाट पोखराको गण्डकी अञ्चल इन्चार्ज तथा विद्यार्थी केन्द्रिय सदस्य भई सकेका थापालाई मेयरको उम्मेदवारका रुपमा अगाडी बढाएको पार्टीले जनाएको छ ।

उनले महानगरमा युवा सोचका साथ अगाडी बढाउन उमेद्वारी दिन लागेको बताए । उनले पोखरा पर्यटन क्षेत्रमा अझै नँया सोचका साथ काम गर्न युवाको आवश्यकता रहेको बताए ।

उनले युवाले महानगरको नेतृत्व गरेमा पोखरा चाडै बिकसित हुने बताए । युवा नेता अमनले भने यदि मलाई पोखरा लेखनाथ बासीहरुले साथ दिएमा पोखरामा नयाँ सोचका साथ पोखराको विकास गर्ने बताए ।

कमेन्टहरु
Loading...