जिल्ला विकास समिति कास्कीका पुर्व सदस्य भण्डारीको निधन

पोखरा, १४ असोज / जिल्ला विकास समिति कास्कीका पुर्व सदस्यको लक्ष्मी प्रसाद भण्डारीको निधन भएको छ । शनिबार विहान भण्डारीको पोखराको

मणिपाल अस्पतालमा निधन भएको हो । साविकको भदौरे तामागी ५ ठुलाखेत हाल पोखरा २३ निवासी भण्डारीको शनिबार नै पोखराको तुलसी घाटमा

अन्तेष्टि गरेका छन् । भण्डारीलाई जेठा छोरा बाबुराम भण्डारीले दागबत्ती दिएका थिए । २०३४ साल ९ महिना २५ गते देखी उनी ६ बर्ष सम्म जिल्ला

विकास समितिको सदस्य भएर काम गरेका भण्डारीले जिवन भर नै समाज सेवामा विताए । उनी वडा अध्यक्ष, विद्यालय स्थापना, विद्यालय व्यवस्थापन

समितिको अध्यक्ष, नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति सदस्य, हल्नचोक पामे ठुलाखेत पञ्चासे बाटो समितिको अध्यक्ष, पञ्चासे धार्मिक विकास

समितिको अध्यक्ष लगाएतका दर्जन बढि संस्थामा रहेर समाज सेवाको काममा जिवन भर तलिन रहे । उनका ४ छोरा ४ छोरी र एक श्रीमती छन् भने

एक श्रीमतीको केही वर्ष पहिले नै निधन भएको थियो ।

कमेन्टहरु
Loading...