योग दिवसः ढिला भएपछि मेयर जिसीले भने – योग दिवसको दिन मर्निङ वाक गर्दै आए

पोखरा, २ माघ / योग गरौं, निरोगी रहौं । राष्ट्रिय एकता, योगको सान्दर्भिकता ।
नेपालमा योग दिवस मनाउन थालेको ५ वर्ष मात्र भयो । यस वर्ष यही नाराका साथ देशभर विविध कार्यक्रम गरी राष्ट्रिय योग दिवस मनाइयो । पोखरामा पनि बुधबार सबेरै मानवअधिकारचोक, चिप्लेढुंगामा पातञ्जल योग समितिले योग साधना कार्यक्रम आयोजना ग¥यो । आयोजकले कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रण गरेका थिए पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई ।

बिहान ५ बजे सुरु कार्यक्रममा मेयर जिसी केही ढिला भए । उनले आफ्नो मन्तव्यका क्रममा भनिहाले – ‘आज योग दिवसको कार्यक्रममा पनि के गाडी चढेर आउनु ? हिँडेरै आको, ढिलो भई त गो ।’ सहभागीहरु हाँसे । जिसी मेयरको निवास ढिकालेथरदेखि मानवअधिकारचोक सम्म हिँडेरै गएका थिए ।

शरीर स्वस्थ र तन्दूरुस्त राख्नका लागि गरिने शारिरीक आसन नै योग हो । योगलाई अध्यात्मिक प्रक्रिया पनि मानिन्छ । जसले शरीर, मन र आत्मलाई सकारात्मक रूपले एकसाथ समावेश गर्दछ । योग दिवसलाई संयुक्त राष्ट्र सङ्घबाट पारित गरेर विश्व स्वास्थ्य सङ्गठनले प्राथमिकता दिँदै विगत ४ वर्षदेखि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ सञ्चालन गर्दै आएको छ ।

प्रमुख अतिथि जिसीले हर व्यक्तिले आफ्नो दिनचर्यालाई नै सुधार्नुपर्ने बताए । ‘ अब योगा घरघरमै आवश्यक छ । मन र शरीर स्वस्थ राख्न पनि योगा गर्नुपर्छ । महानगरले के के गर्नुपर्ने हो गर्न तयार छ ।’ जिसीले भने ।

गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले नेपालमै स्थापित संस्था पातञ्जल योग समिति सानै भएपनि सक्रिय रहेको र निकट भविष्यमै यसले विशाल रुप लिने बताईन् । समितिकी शुभेच्छुक तथा सल्लाहकार समेत रहेकी कोइरालाले थोरै भएपनि, सानै भएपनि केही नहुने भन्दै आफ्नै बलबुतामा अब योगका गतिविधि अघि बढ्ने बताईन् ।

समितिका केन्द्रिय सदस्य प्रदिपकुमार श्रेष्ठले अब योगका गतिविधि आफ्नै मुलुकको अधिनमा हुनुपर्ने आवश्यकताबोध गरी स्वदेशी संस्था स्थापना गरेको बताए । योग गुरु नारायणी रेग्मी, समितिका गण्डकी प्रदेशका संयोजक डा. कृष्ण केसी, जिल्ला अध्यक्ष सुरेश श्रेष्ठ, नगर अध्यक्ष जिवनाथ बस्ताकोटी लगायतको उपस्थिति थियो ।

पातञ्जल योग समिति गण्डकी प्रदेशका अध्यक्ष कमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गण्डकी प्रदेश सदस्य जगन्नाथ तिमिल्सिना र सञ्चालन प्रदेश महासचिव रश्मी अधिकारी भण्डारीले गरेकी थिईन् ।  सो अवसरमा तीन जना बालबालिकाले योगका आशन प्रस्तुत गरे ।

माछापुच्छ्रे गाउँपालिका ३, घाचोक स्थित जनजागरण आधारभूत विद्यालयका गौतम नेपाली, सन्ध्या नेपाली र निश्चल नेपालीले योगाशन प्रस्तुत गरेका हुन् । २०७२ को राष्ट्रिय योग प्रतियोगितामा प्रथम हुने योगी राजकोमला नन्द मार्फत बालबालिका पोखरा झरेका थिए । यसैबीच, दिवसकै अवसर पारी आगामी माघ ४ गते पोखरा, पालिखेचोकमा दञ्त शिविर आयोजना समेत समितिले गर्दैछ ।

कमेन्टहरु
Loading...