बागलुङबाट हेलिकप्टरमा उद्धार गरी पोखरा ल्याइएकी महिलाको मृत्यु

पोखरा, १ वैशाख / निरन्तर रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरी पोखरा ल्याइएकी एक महिलाको मृत्यु भएको छ ।

सोमबार बागलुङबाट हेलिकप्टरबाट उद्धार पोखराको गण्डकी अस्पतालमा ल्याएको थियो । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भिमा पाण्डेको मृत्यु अस्पतालमा उपचारका लािग पोखरा ल्याएका थिए ।

पाठेघर भन्दा बाहिर गर्भ रहे पछि पाठेघरको नलि फुटेर अधिक रक्तश्राव भएको चिकित्सको भनाई छ ।
प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि सोमबार गण्डकी अस्पताल पोखरा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । पाण्डेको ६ हप्ताको गर्भ रहेको चिकित्सको भनाई छ ।

कमेन्टहरु
Loading...