महिला दिवसमा मजदुरलाई माक्र्स

पोखरा २५ फागुन / विश्वभर फैलिएको कोरोना संक्रमणको त्रासले मार्च ८ महिला दिवस ११० औमा औपचारीक कार्यक्रम भएनन् । विगतमा महिला अधिकारका बारेमा गोष्ठि र सडकमा र्याली आयोजना गरेर मनाइने भएपनि यस पटक सरकारीस्तर र गैह सरकारी संघसंस्थाबाट औपचारीक कार्यक्रम भएनन् ।

तर सत्तरुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अखिल नेपाल महिला संघ कास्कीले भने रामघाटमा पुगेर मजदुरलाई माक्र्स, जुस र विस्कुट वितरण गरेर महिला दिवस मनाएको छ । अनेमसंघले महिला जम्मा पारे भाषण गर्ने भन्दा श्रमिकले काम गरिरहेकै स्थापनमा पुगेर रचनात्मक रुपमा दिवस मनायो । कार्यक्रममा कुनै औपचारीक कार्यक्रम भएन ।

अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सांसद मित्रकुमारी गुरुङ सुवेदी, प्रदेश सांसद मिना गुरुङ केन्द्रीय सदस्य एवं पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, नेकपा जिल्ला सदस्य दामोदर बैरागी सहित अनेमसंघका जिल्ला नेतृहरुले कोरोना भाइरसको संक्रमण र रामघाटमा धुलोबाट बच्न आग्रह गदै माक्र्स वितरण गरे ।

श्रमिक महिलाहरु सधै धुलोसंग खेल्नुपर्ने र अहिले कोरोनाको संक्रमणलाई ध्यानमा राखेर श्रमिकहरुलाई माक्र्स, जुस र विस्कुट वितरण गरेर मनायौ सांसद मित्रकुमारी गुरुङ सुवेदीले भनिन् । महिलाले लामो संघर्षबाट अधिकार प्राप्त गरेपनि शैक्षिक र आर्थिक अवस्थाका कारण महिलाहरुले अधिकारका बारेमा आवाज बुलन्द गर्न नसकेको अनुभव अनेमसंघ केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङको छ ।

हामी सधै भाषण गछौ तर तल्लो तहका महिलालाई आफना अधिकार बारे पत्तै छैन्, त्यसैले श्रमिक महिलाहरुलाई दिवस बारे जानकारी र कोरोना भाइरस बारे सचेतना गराउन माक्स वितरण कार्यक्रम गरेका हौ उनले भनिन् । रामघाटमा बालुवा, ढुङगा बोकिरहेका र गिट्टी कुटदै गरेका महिलालाई माक्र्स, जुस र विस्कुट वितरण गरिएको थियो ।

कमेन्टहरु
Loading...