पोखरामा महिलालाई बलात्कार आरोपमा एकजना पक्राउ

पोखरा, २० कात्तिक / महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पोखराबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ढुंगेपाटनका ४३ बर्षिय मिनुराज घिमिरेलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँकी ४३ बर्षिय महिलाले आँफूमाथी बलात्कार भएको भन्दै कास्की प्रहरीमा उजुरी दिएकी थिईन् । घिमिरेले पटक पटक बलात्कार गरेको महिलाको आरोप छ । घिमिरे माथी अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...