ग्ल्यासियरको पानी विदेशमा बेच्ने खाने पानी मन्त्री विना मगरको योजना

पोखरा, २६ साउन /खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालका हिमतालको पानी विदेशमा बेच्ने योजना सुनाउकी छन् ।

केही साता अघि गण्डकी प्रदेशको प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालबाट रेलमा पानी भरेर विदेश पठाउने बताएका थिए ।

मन्त्री मगरले पनि ग्ल्यासियरको पानी बेच्ने गरि योजना तयार गर्दै गरेको उनले बताइन् । ‘हाम्रो हिमालबाट बगेको ग्लेसियर वाटर महत्वपूर्ण र सबैभन्दा महंगो छ’, पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा आज आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै उनले सम्भावनाहरु खोज्नका लागि खानेपानी संस्थानले तयारी गरिरहेको बताइन् ।

नेपाल खानेपानी संस्थानले खानेपानीको अन्तराष्ट्रिय व्यापारको संभावनाबारे अध्ययन गरिरहेको बताउँदै उहाँले ‘एभरेष्ट वाटर’को नामबाट त्यो पानीलाई अन्तराष्ट्रिय व्यापार गरिने बताइन् ।

कार्यक्रममा पोखरा महानगरपाकिलाका मयेर मानबहादुर जिसीले नेपाल खानेपानी स्थान पोखरा महानगरपाकिलालाई दिन आग्रह गरे । उनले संघिय सरकार मतहतमा हुदाँ पोखरा बासीले सफा पानी पिउन नपाएको बताए ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा नेपाल खानेपानी संस्थान तथा पोखरा महानगरपालिकाको सहयोगमा पोखराको खानेपानीको मुहान मर्दी क्षेत्रमा निर्मित शवदहन गृह, प्रतिक्षलय र शौचालय समुदायलाई हन्तान्तरण गर्दै उनले सबै नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको भनाई ।

पोखरामा खानेपानीको मुहान माछापुच्छे गाउँपालिका विभिन्न वडामा करिब ३५ लाखको लागतमा ३ वटा सवदहन गृह निर्माण गरेको हो ।

सोही अवसरमा मन्त्री मगरले विरुवा सारेकी थिइन् भने सवदहस्थाल समुदायलाई हस्तान्तरण गरेकी थिइन् ।

कमेन्टहरु
Loading...