पोखरा, १२ साउन/नेपाल खाने पानी सस्थान पोखरा शाखाले खानेपानीको मुख्य स्रोतको रुपमा रहेको मर्दि खोलामा आएको बाढि खानेपानीको पाइप बगाए पछि पोखरामा खानेपानीको कटौती हुने जनाएको छ । सस्थानले बुधबार सुचना निकालेर पानी आशिंक रुपमा कटौती हुने जानकारी गराएको हो ।

मंगलबार आएको बाढिले सेति नदि किनारमा रहेको २० इन्चको पाइपलाईन बगाएको थियो । मर्दि र सेति दोभान भन्दा करिब २ सय मिटर तल सेति नदि किनारमा रहेको २० ईन्चको पाईप ४ वटा बगाएको नेपाल खानेपानी कार्यालय पोखराका दिनेश्वर प्रसाद यादवले जानकारी दिए ।
उनले १६ ईन्चको पाईप पनि जोखीम परेको बताए । उनले पोखराको खानेपानी आपुर्तिमा केहि कटौती हुने बताए । अहिले १६ इन्चको पाईप लाइनबाट मात्रै पानी आएको बताउदै आलोपालो मिलाई पानीको आपुर्ति गर्ने र १५ दिनमा उक्त मर्मत कार्य सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी दिए ।