भारतीभवन मावि पुरन्चौरमा शिक्षकको मुक्काले विद्यार्थी घाइते

पोखरा, २५ भदौ/कास्कीकोे पुरन्चौर गाविसमा रहेको भारतीभवन माविमा कक्षा १० मा अध्ययनरत एक विद्यार्थी शिक्षकको पिटाईबाट घाइते भएका छन् । कक्षा १० मा अध्ययनरत अनिस गौतम शिक्षकको पिटाइबाट अनुहार नै सुनिएको छ । कपाल नकाटीकन विद्यालय आएको निहुमा उनलाई शिक्षकले मुक्का हानेका थिए ।

तीनजना शिक्षकले उनलाई मुक्का प्रहार गरेको अनिसले बताए । अन्य साथीहरुको पनि कपाल काट्दै शिक्षक आउनु भएको थियो उनले भने मेरो पनि एक ठाँउको कपाल काट्नु भयो । अर्को ठाउँको पनि काट्न लाग्दा म भोली कपाल काटेर आइहाल्छु भन्दा सरले मुक्का हान्नु भयो उनले भने ।

बिहानको अतिरिक्त कक्षामा गणित बिषयको शैक्षिक सामाग्री नल्याएको विषयमा उनलाई शिक्षकले गाली गरेका थिए । १० बजे लाइन लगाउने क्रममा कपाल काट्ने विषयमा तिनै शिक्षकले पहिले पिटे पछि अन्य शिक्षकले पनि उनलेलाई पिटेको अन्य विद्यार्थीले बताएका छन् ।

अनिस गौतम
अनिस गौतम

विद्यालयमा राम्रोे विद्यार्थी हुदा हुदौ पनि आफ्नो छोरामाथि भएको घटना प्रति आमा पार्वती गौतमले दुखेसो व्यक्त गरिन् । उनले परिवारको कमजोर आर्थिक अबस्था र अभिभावकको अभावमा हुर्किएका अनिसको मनोबिज्ञान बुझ्ने प्रयास कसैले नगरेको बताइन् । शिक्षकको पिटाई खाएका अनिसको पिडा कम नभएपछि उनलाई शुक्रबार अस्पतालमा लगेको थिए । उपचारमा संलग्न डाक्टरले पिटाइबाट गाला गहिरो चोट लागेको भन्दै औषधी दिएको आमा पार्वतीले बताइन् ।

घटना पछि शिक्षकहरुले अनिसको परिबार र आफन्त संग माफि मागीसकेका छन् । कक्षा छ मा अध्ययनरत अनिसको बहिनीलाई निशुल्क पढाउने गरि मिलापत्र समेत भैसकेको छ । घटनामा शिक्षकहरुले अनिसको तत्कालीन मनोविज्ञान बुझन नसक्नु नै मुख्य कारण भएको विद्यालयका प्रधानध्यापक गोबिन्द काफ्ले बताए । उनले आगामी दिनमा त्यस्ता घटना हुन नदिन आफुहरु लाग्ने बताए ।

कमेन्टहरु
Loading...