युआरएल र पन्त काठमाडौमा सम्मानित

62

पोखरा, १० असोज/ गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) र

यसका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त सम्मानित भएका छन् । डाइनोटेक सपोर्ट प्रालि र रोस कम्पनीले

सोमबार काठमाण्डौंमा आयोजना गरेको रोस युजर मिट २०१८ मा भाइब्रेन्ट रोस युजर अवार्डबाट युआरएल र

पन्तलाई सम्मान गरिएको हो ।

नेपालमै सबैभन्दा धेरै पारामिटर सञ्चालन र सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा युआरएललाई सम्मान

गरिएको हो । सम्मानले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै थप अत्याधुनिक परीक्षण पोखरामै उपलब्ध प्रेरणा

मिलेको युआरएलका प्रबन्ध निर्देशक पन्तले बताए । उनले युआरएलले धेरै बिरामी भएका राजधानीका

अस्पतालका प्रयोगशाला र रेफरेन्स ल्याबहरुले पनि सञ्चालन गर्न नसकेका केही परीक्षण पोखरामै उपलब्ध

गराइरहेको बताए ।

कार्यक्रममा प्रोमिनेन्ट रोस युजर अवार्डबाट अल्का अस्पतालका नवराज थापा र अलराउन्डर रोस युजर

अवार्डबाट धरानका राजेन्द्रमोहन चौधरी सम्मानित भए । समारोहमा रोस मेसिनको प्रयोग, परीक्षण र

गुणस्तरीय रिपोर्ट’bout ५ वटा कार्यपत्र पेश भएका थिए । युआरएलका ल्याब इन्चार्ज भूपेन्द्रराज पाण्डेयले

इनोभेटिभ बायोमाकर्स विषयमा कार्यपत्र पेश गरेका थिए ।

कार्यक्रममा डाइनोटेक सपोर्ट प्रालिका अध्यक्ष ज्योति थापा, रोस कम्पनीका डा. दिपिका जिन्दल र विष्णु

सक्तवात र डाइनोटेकका सञ्चालक सुशील थापाले पनि बोलेका थिए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...