युनाइटेड क्लवद्धारा मानव सेवा आश्रम पोखरालाई खाद्यान्न तथा जिन्सी सामाग्री प्रदान

पोखरा, ३ बैशाख /युनाइटेड क्लब पोखराले पोखराको छोरेपाटनमा रहेको मानव सेवा आश्रम पोखरालाई खाद्यान्न तथा जिन्सी सामग्री सहयोग गरेको छ । पोखराको छोरेपाटनमा भर्खरै सञ्चालनमा आएको आश्रममा युनाइटेड क्लवले आफ्नो आठौ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको दोश्रो दिन मानव सेवा आश्रममा खाद्यान्न तथा जिन्सी सामाग्री प्रदान गरेको हो ।

सामाजिक काममा सक्रिय युनाइटेड क्लवले आइतबार मानव सेवा आश्रममा पुगी आश्रमका संयोजक होमनाथ तिमिल्सिनालाई नगद ३० हजार वरावरको खाद्यान्न तथा जिन्सी सामाग्री प्रदान गरेको हो । सामाग्री हस्तान्तरण गर्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लव सामाजिक कामकै लागी स्थापना भएर अगाडी वढिरहदा आठौ वर्ष सम्म आइपुग्दा सम्म निरन्तरता दिन पाउदा गर्व लागेको वताए ।

शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गरेर क्लवलाई माथी उठाउनका लागी क्लवका सम्पूर्ण सदस्यहरुको ठूलो भुमिका रहेको बख्रेलको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै मानव सेवा आश्रम पोखराका संयोजक होम नाथ तिमिल्सिनाले मानसिक सन्तुलन गुमाएका र आफन्तबाट पिडित बनेर सडकमा वेवारिसे जीवन विताइरहेका हरुका लागी बास बस्ने वातावरण वनाएको मानव सेवा आश्रमलाई सामाजिक क्षेत्रमा अग्रसर युनाइटेड क्लवले सहयोग गरेर ठूलो गुन लगाएको वताए ।

सामाजिक क्षेत्रमा क्रियाशील क्लव तथा संघ सस्थाहरुको सहयोगबाट नै मानव सेवा आश्रम सञ्चालन भइरहेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लवका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १५ का निर्वाचित महिला सदस्य पार्वती कार्कीले समेत मन्तब्य राखेको कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष लालकाजी गुरुङले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । क्लवका महासचिव राजु श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा क्लवका सदस्य निर्मला लामिछानेले धन्यवाद मन्तब्य ब्यक्त गरेकी थिइन । कार्यक्रममा क्लवका सम्पूर्ण पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...