अनेरास्ववियुद्वारा पि.एन. क्याम्पसमा सरसफाई

पोखरा, २४ माघ/अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनमा क्याम्पस परिसर भित्र वृहत सरसफाई गरेको छ । अनेरास्ववियु केन्द्रिय सदस्य सरिता पुरीले क्याम्पस कमिटी अध्यक्ष आशीर्वाद सुवेदीलाई फोहोर सङ्कलन गर्ने झोला हस्तान्तरण सहित उद्घाटन गरी सुरु भएको उक्त अभियान क्याम्पस परिसर भित्र विभिन्न ठाउँमा पुगी फोहोर संकलन गरी सम्पन्न भएको हो । सरसफाई क्याम्पसको मुलगेटबाट शुरु गरिएको थियो ।सरसफाई कार्यक्रमको समापन कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रिय कोषाध्यक्ष तथा स्ववियु सभापति रश्मि आचार्य,स्ववियु उपसभापति शुसिल बस्नेत, केन्द्रिय सदस्य सरिता पुरी, स्ववियु कोषाध्यक्ष मनकुमार श्रेष्ठ, सहायक क्याम्पस प्रमुख चुडामणि खनाल, अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य भरतमान गुरुङ लगायतले सरसफाई कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा अझ धेरै सृजनात्मक कार्यक्रमहरु गर्न सुझाव दिनुभएको थियो ।

अनेरास्ववियु क्याम्पस कमिटीले प्रत्येक महिनाको अन्तिम शुक्रबार क्याम्पस परिसरमा सरसफाई गर्ने निर्णय अनुसार उक्त कार्यक्रम गरिएको कमिटीका सह–सचिव सुरज थापाले जानकारी दिनुभयो । कमिटीका अध्यक्ष आर्शिवाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमिटीका सचिव राजन शर्मा पराजुलीले गर्नुभएको थियो । सरसफाई कार्यक्रममा दुइसय भन्दा बढि विद्यार्थी र कर्मचारीको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...