कास्कीका स्थानिय तहका वडाध्यक्षमा एमालेको सर्वसम्मत उम्मेदवार चयन​

पोखरा,  ५ वैशाख/स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाध्यक्ष तथा सदस्यमा नेकपा एमालेका उम्मेदवार सर्वसम्मत् सिफारिस भएका छन् ।पोखरा लेखनाथ महानगर पालिकाको वडा नम्बर–४ मा ढाकामोहन पराजुली, ९ मा गोपी तुलाचन, १० मा महेन्द्र गुरुङ, १५ मा प्रकाश पौडेल, २२ मा मित्रलाल बराल, २५ मा शोभाखर तिमिल्सिना र २७ मा कुमार गुरुङ एमाले वडा कमिटीबाट वडाध्यक्षमा सर्वसम्मत् सिफारिस भएको जिल्ला कमिटी कास्कीका कार्यालय सचिव वैनबहादुर क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार ती वडामा वडासदस्य, महिला र दलित महिला सदस्यमा पनि सर्वसम्मत् सिफारिस भएका छन् ।यस्तै, माछापुच्छे गाउँपालिकाको वडा नम्बर–१ मा अनुप गुरुङ (आशा), २ मा विक्रम गुरुङ, ३ मा सूर्य लम्साल, ५ मा जुमबहादुर गुरुङ, ६ मा हरिश्चन्द्र ढुंगाना, ७ मा सोम बहादुर गुरुङ , ८ मा कृष्ण दवाडी, र ९ दुर्गाबहादुर क्षेत्री सिफारिसमा परेका छन् ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर–१ मा केदारनाथ अधिकारी, २ मा चूडामणि अधिकारी, ३ मा चन्द्रबहादुर गुरुङ, ४ मा ताइकाजी गुरुङ, ५ मा अर्जुन बहादुर केसी, ६ मा लीला देवकोटा, ७ मा घनश्याम चापागाइँ, ९ मा पृथ्वीलाल जैसी, १० मा कुमार गुरुङ र ११ मा हिमबहादुर गुरुङ सर्वसम्मत् सिफारिसमा परेका छन् ।यसरी नै मादी गाउँपालिकाको वडा नम्बर–१ मा सुरज गुरुङ , २ मा एक्काजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा सत्यराज सापकोटा, ५ मा ई सुब्बा गुरुङ, ६ मा पसबहादुर बाँस्तोला, ७ मा बालकृष्ण गुरुङ, १० मा कुलप्रसाद गुरुङ  र ११ मा अमृत गुरुङ पनि सर्वसम्मत् सिफारिस पर्नेको सूचीमा छन् ।

यस्तै, रुपा गाउँपालिकाको वडा नम्बर–१ मा सोमसुनारी मगर, २ मा श्रीकृष्ण सुवेदी, ३ मा रामजी अधिकारी, ४ मा नगेन्द्र वंशी, ५ मा टेकबहादुर गुरुङ र ६ मा नारायण गुरुङ सर्वसम्मत् भएका छन् । महानगरपालिकाका प्रमुख, उपप्रमुख र बाँकी वडाध्यक्ष तथा सदस्यहरु र गाउँपालिकाका केही वडाध्यक्ष र सदस्यको टुंगो अबको चार दिन भित्र लागि सक्ने कार्यालय सचिव क्षत्रीले बताए ।

कमेन्टहरु
Loading...