आखिर कहाँ गए दुई स्कुले बालक ?

एक हप्ता देखी बेपत्ता बालकहरु अझै भेट्टिएनन्
हिमाल लम्साल

पोखरा,१९ असोज /पोखरा–२ अर्चलबोटका दुई स्कुले बालकहरु हराएको एकहप्ता बिते पनि अझै भेट्टिएका छैनन् । पोखरा अर्चलबोट घर भई सन्फलावर बोडिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत निश्चल जि.सी. र टेकबहादु पुन ‘विपिन’ गत असोज ६ गते घरबाटै हराइरहेको निश्चलका अभिभावक निरज जि.सीले बताए । साथीको घरमा पढ्न जाने बाहना बनाएर घरबाट निस्केका निश्चलले आफूसँगै एउटै कक्षामा पढ्ने सहपाठी विपीनसँगै हराईरहेको आफन्तले बताएका छन् । ‘साथीको घरमा पढ्न जान्छु भनेर निस्केको छोरा अझै फर्किएको छैन ।’

nischal and  tek pun 1निश्चलका आमा ईश्वरीले भनिन् ‘जताततै खोज्यौ तर भेट्न सकेका छैनौ ।’ पोखराको अर्चलबोटमा रहेको सनफ्लावर बोडिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत उनीहरु त्रैमाशिक परिक्षाको अघिल्लो दिन अर्थात गत आइतबार ३ बजे तीर घरबाटै हराएका हुन् । एक्कासी छोराहरु बेपत्ता भएपछि उनीहरुको परिवार यतिबेला चिन्तामा डुबेका छन् ।‘साथीको घरमा पढ्न गएको छु । भनेर आइतबार साझँपख फोन गरेर केही ढिला हुन्छ भ¥यो । ढुक्क भएर घरमा बस्यौ तर बेलुका अबेर सम्म घरमा नआएपछि साथीको घरमा जादाँ दुवै नभएको खबर पाइयो ।’

निश्चलका बुबा निरजले भने ‘तत्कालै आफन्तहरुकोमा फोन गरेर सोधखोज ग¥यौ तर कतैबाट केही पत्ता नलागेपछि वडा प्रहरी कार्यालय बगरमा सोही दिन मौखिक उजुरी दियौ ।’ सवै तिर खोज्दा पनि कही कतै फेला नपरेपछि निश्चल र टेकबहादुरका अभिभावकहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा सोमबार बालबालिका तथा महिला सेलमा निवेदन दिएको टेकबहादुरका अभिभावक विष्णु पुनले बताए । छोराहरु हराएपछि दुवै परिवारका सदस्यहरु नेपालको सिमा क्षेत्र तथा विभिन्न ठाउँमा खोजे पनि हालसम्म भेट्न नसकिएको पारिवारिक स्रोतले जनाएको छ । ‘उनीहरुलाई खोज्न दुई समुहमा बाडिँएर काठमाडौं, नारायणघाट हेटौडा हुर्दै विरगञ्ज सम्म पुगौ तर केही पत्तो लागेन’ निश्चलका बुबा निरजले भने ‘बसपार्क तथा चोकचोकमा हराएको सूचना टाँसेका छौ तर केही खबर पाउन सकेका छैनौ ।’

nischal and  tek punएकमात्रै छोरा भएका निश्चलका बाबु छोरा खोज्दै यततत्र डुलेपनि अझै भेट्टाउन नसक्दा दुखित भएका छन् । ‘हराएकाहरुलाई खोज्न सिमाक्षेत्र विरगञ्जसम्म पुग्यौ तर अझै केही पत्तो लागेको छैन ।’ निश्चलका बाबु निरजले भने ‘सिमाक्षेत्रको प्रहरी तथा माइती नेपाल लगातका संघसंस्थाहरुलाई खोजी दिन गुहारेका छौ ।’ प्रहरी नायव उपरीक्षक राजेशनाथ बास्तोलाले उजुरी परे लगत्तै खोजी कार्यलाई तिव्र पारिएको बताएका छन् । ‘उजुरी परे लगतै बालकहरुको तस्वीर प्रहरी संगठन भर नै खोजतलासको लागी पठाईसकेका छौं ।’प्रहरी नायव उपरीक्षक बास्तोलाले भने ‘खोजी कार्यमा कुनै कसर बाकीँ गरिएको छैन ।’

कास्की प्रहरी प्रवक्ता बास्तोलाले बच्चाहरु हराएपछि परिवारजनमा कुनै थ्रेट नआउँदा अनुसन्धान कार्यमा केही जटिलता थपिए पनि खोजी कार्यलाई जारी राखेको बताए । हराएका बालकहरुको फोटो तथा हुलिया सिमा क्षेत्रका प्रहरी कार्यालयहरुमा पठाएर विशेष निगरानी बढाउन अनुरोध गरेका छांै । टेकबहादुरका अभिभावक विष्णु पुनका अनुसार छोराहरु हराएपनि कतैबाट फोन नआएको बताइन ।‘धम्की तथा चन्दा माग्ने खालको कुनै फोन आएको छैन ।’ टेकबहादुरकी आमा विष्णुले भनिन् । हराएको छोरालाई खोजीदिन सवैसँग आग्रह गरेकी छन् ।

कमेन्टहरु
Loading...