न्यू ग्यालेक्सीमा ट्राफिक सचेतना कार्यक्रम

पोखरा, १६ माघ /वडा प्रहरी कार्यालय वगर तथा न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलको संयुक्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।समुदाय प्रहरी साझोदारी सचेतना कार्यक्रम अन्तर्गत न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलका विद्यार्थीहरुसँग सचेतना कार्यक्रम गरिएको हो ।

सचेतना कार्यक्रममा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक लोकराज भण्डारीले ट्राफिक नियम सम्वन्धि जानकारी गराएका थिए ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक मुक्तिनाथ सापकोटाले वालवालिकालाई अपराधिक क्रियाकलापमामा प्रयोग गर्ने भएकोले सजक रहन आग्रह गरे ।‘अपराधिक क्रियाकलापमा वालवालिकालाई प्रयोग गर्ने गरेको घटना धेरै छन्’ उनले भने, ‘अपराधिक क्रियाकलाप भएको संका लागेमा नजिकको प्रहरी लाई खवर गर्ने वानी वसाल्नु पर्दछ ।’उनले प्रहरी नागरिकको सुरक्षामा खटिने भएकोले पनि प्रहरीलाई साथीको रुपमा सम्झन उनले आग्रह गरे ।

उनले सचेतना कार्यक्रममा सिकेका कुरा अरुलाई पनि सिकाउन सुझाव दिए ।न्यू ग्यालेक्सी इङ्लीस सेकेण्डरी स्कूलका प्रिन्सिपल डा.रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन भाइस प्रिन्सिपल राजेश भण्डारीले गरेका थिए ।

कमेन्टहरु
Loading...