टुडिखेल तीज गीतको फाइनल मंगलबार, टपरी गास्ने प्रतियोगिता सिद्धार्थ आमा समुह पहिलो

पोखरा, १६ भदौ/ हाम्रो सस्कृति हाम्रो पहिचान, लोपउन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ सुरु भएको “वाईवाई तीजमेला–२०७६” को प्रमुख आर्कषक टपरी गास्ने प्रतियोगितामा शिद्धार्थ आमा समुह पहिलो भएको छ ।

तीन जनाको समुहले १२ मिनेटमा ६ वटा पुरा टपरी र २ वटा आधा टपरी वनाउदै पहिलो भएको हो । यस्तै गरी धनमाया आचार्यको समुह दोश्रो भयो भने अभियान आमा समुहको टोली तेश्रो भएको आयोजक संस्था पुस्पान्जली फेसन एन्ड इभेन्टकी संयोजक शोभा गौतमले जानकारी दिईन् ।
एक हप्ता देखि चलेको मौलिक तीज गीत प्रतियोगिताको फाईनल आज हुने भनिए पनि अत्याधिक समुहहरुको सहभागिता रहेकाले भोलीको लागि सरेको छ ।

टुडिखेलमा भएको तीज गीत
टुडिखेलमा भएको तीज गीत

संयोजक गौतमले भनिन्–“अझै दुई समुहको प्रस्तुती बाकी छ, त्यसैले मंगलबार नै अन्तिम नतिजा सार्वजनिक गर्ने निर्णय ग¥यौ ।” महिला गृहिणी नृत्य प्रतियोगिता पनि सोमबार नसकिएकाले भोली नै समापन हुने छ । विभिन्न समुहमा भएका प्रतियोगिताहरुको पुरस्कार वितरण पनि मंगलबार नै हुने पनि कायृक्रम संयोजक गौतमले जानकारी दिईन् । समापन पुरस्कार बितरण कार्यक्रमको प्रमुख अथितीमा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी रहने छन् ।

मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायिक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था गरिएको छ । यसका अलावा मेलामा हेल्दी होम खुल्ला मौलिक तीजगीत प्रतियोगिता हुने र प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार एक सय एक , द्वितीयले २० हजार एक सय एक , तृतीयले १० हजार एक सय एक , सान्त्वनाले ५ हजार सगै उत्कृष्ट भेषभूषा र उत्कृष्ट नृत्यले २/२ हजार नगद पुरस्कार पाउनेछन् ।

यसै गरि प्रभु बैंक गृहणी नृत्य प्रतियोगितामा प्रथम हुनेले १०१०१, द्वितीयले ७१०१, तृतीयले ५१०१ र सान्त्वना हुनेले नगद २/२ हजार पुरस्कार पाउनेछन ।

कमेन्टहरु
Loading...