ढिकुरपोखरीमा तीज मेलाको तयारी

फाइल तस्बिर

ढिकुरपोखरी, २९ साउन / ढिकुरपोखरीमा यस वर्ष हुने तीजमेलाको तयारी तिब्र पारिएको छ ।स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म माछापुच्छे« खेलमैदानमा मेला हुँदैछ।

मेला अन्र्तगत तीजगीत प्रतियोगिता, ११ ए साइड खुल्ला नकआउट फुटवल प्रतियोगिता, घैटो फुटाउने, रस्साकसी, छेलो हान्ने लगायतका प्रतियोगिता गरिने भएको छ । त्यस्तै सांस्कृतिक कार्यक्रम, समाजसेवीलाई सम्मान तथा बाल उद्यान पनि रहेको संजालले जनाएको छ।

मेलाको तयारी अन्र्तगत यतिवेला सहयोग उठाउने कार्य तथा पत्राचारलाई तीब्रता दिइएको संयोजक विकास गुरुङले जानकारी दिए ।सहयोग अन्र्तगत अन्नपूर्ण १ निवासी श्रेष्ठ ब्रदर्सका संचालक तथा वडा सदस्य नवराज श्रेष्ठले फुटलबको प्रथम पुरस्कार रु.एक लाख २१ हजार एक सय २१ सहयोग गरेका छन् ।

त्यस्तै मनकाजी हिराचन, सक्किल गुरुङ, सर्भिन पुन, टेकबहादुर परियार लगायतबाट पनि सहयोग प्राप्त भएको र अन्यबाट प्राप्त हुने क्रम जारी रहेको बताइएको छ ।

फुटबलतर्फ दोस्रो पुरस्कार रु.६६ हजार ६ सय ६६ तोकिएको छ ।फुटबलमा १६ समूहको सहभागिता रहने र मेला सम्पन्न गर्न कुल १५ लाख खर्च लाग्ने अनुमान पनि गरिएको छ ।त्यस्तै अन्य प्रतियोगिताहरुको तयारी पनि तिब्र पारिएको प्रचार प्रसार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए।

कमेन्टहरु
Loading...