शिक्षक तालिम तथा हिंसा रहित संचार तालिम शुरु

फागुन १, पोखरा /सिप विकास तालिम केन्द्र पोखराको आयोजना तथा शान्ति गृहको सहयोगमा पुरुन्चौर – १ मा तीन दिने शिक्षक तालिम तथा हिंसा रहित संचार सम्बन्धि तालिम विहिवार सुरु भएको छ । पुरुञ्चौर स्थित हिमालयन प्राविमा भएको सो तालिममा पुरुन्चौर र सार्दीखोला गाविसमा रहेका विभिन्न विद्यालयका १५ जना शिक्षक तथा प्रधानाध्यापकको सहभागिता रहेको छ ।विद्यार्थीहरुलाई शिक्षण सिकाई प्रभावकारी बनाउने उदेश्यले आयोजित तालिममा प्रोत्साहन, उत्प्रेरणा, आत्मसम्मान, लक्ष्य निर्धारण, कक्षा व्यवस्थापन, बालमनोविज्ञान, बालमैत्री शिक्षा, हिंसारहित संवाद लगायतका विषयमा ज्ञान प्रदान गरिने छ । सो तालिमको शान्ति गृह–पेप का प्रशिक्षक श्रीराम तिमिल्सिना र प्रकाश नागिलाले सहजीकरण गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...