तेजश्वि ज्वेलर्र्स प्रा.लि.का संचालक तथा सुरक्षा गार्डले पत्रकार सामु माफी मागे

पोखरा, १९ कार्तिक/ पोखरा ट्रेड मलमा रहेको तेजश्वि ज्वेलर्स प्रा.लि.का संचालक राजकुमार सुनार तथा सुरक्षा गार्ड प्रदिप राई र रुद्र रानामगर ले पत्रकार सामु माफी मागेकाछन।

नेपाल पत्रकार महासंघ कास्की शाखाका कोषाध्यक्ष एवं पोखरेली न्यूज साप्ताहिकका सम्पादक, रेडियो अन्नपुर्णकर्मी संजय मल्ल र न्यूज ट्वान्टीफोर टिभिका उत्तम पौडेल माथि आइतबार दुरव्यहार गर्ने प्रा.लि.का संचालक सुनार र सुरक्षा गार्डले जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा सोमबार माफि मागेका हुन।

नेपाल पत्रकार महासंघ कास्की शाखाको समन्वयमा दुबै पक्ष बिच छलफल भए पछि प्रा.लि.का संचालक र सुरक्षा गार्डले आगामी दिनमा पत्रकार सहितका अन्य व्यक्तिहरु माथि दुरव्यहार नगर्ने गरी माफी मागेका हुन। आईतबार भएको दुरव्यवहार पछि प्रा.लि.का सुरक्षा गार्ड रुद्र राना मगरलाई प्रहरीले आइतबार देखि सोमबारसम्म नियन्त्रणमा लिएको थियो ।

पोखरा ट्रेड मलका सुरक्षा गार्ड राईले पत्रकार माथि हातपात गरेका थिए । उनीहरुले कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर राना सामु माफि मागेका हुन। दुरव्यहार गर्ने सुरक्षा गार्ड जेट सेक्रुटी कम्पनीका हुन। यसैबिच, यस घटना प्रति नेपाल पत्रकार महासंघले गम्भिर ध्यान आकर्षण भएको जनाएको छ ।

आगामी दिनमा यस्ता हरकद नदोहोराउन, पत्रकारलाई निर्वात रुपमा समाचार संकलनको वातावरण बनाउन, स्वतन्त्र ढंगले पत्रकारिता गर्ने वातावरण सृजना गर्न महासंघ कास्की शाखाले प्रेस विज्ञेप्ती मार्फत अपिल गरेको छ । पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरिएको महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा हस्ताक्षेरित विज्ञेप्तीमा उल्लेख गरिएको छ । आगामी दिनमा पत्रकारलाई जो कसैले डर, धम्की तथा दुरव्यहार नगर्न महासंघले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...