हिउ पहिरोमा बेपत्ताको खोजीको कामलाई निरन्तरता दिन टानको माग

पोखरा, १४ माघ / माघ ३ गते अन्नपुर्ण पदयात्रा क्षेत्रको हिउ पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न टान पोखराले माग गरेको छ । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरी भुजेल सहितको टोलीले सोमबार गण्डकी प्रदेशका उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय विकास लम्साललाई ग्यापनपत्र बुझाएका छन् ।

माघ ३ गते अन्नपुर्ण पदयात्रा क्षेत्र हिमालयनबाट माथि देउरालीको बिच करिव ३२०० मिटर उचाईमा रहेको हिङकुकेभ वरिपरि हिमपहिरो गएको थियो । दुर्घटनामा पदयात्रामा रहेका ७ जना गाइड, सहयोगी तथा बिदेशी पदयात्रीहरु हाल सम्म पनि हराईरहेका छन् ।

नेपाल सरकारको तर्फबाट खोज तथा उद्दारको कार्य भएता पनि हाल केहि दिन यता खोजी कार्यलाई रोकिएको भन्दै टानले खोजी कार्यलाई निरन्तरा दिन माग गरेको अध्यक्ष भुजेलले बताए ।

नेपाल भ्रमण बर्ष २०२० को चलिरहेका बेला प्राकृतिक प्रकोपका घटना पश्चात खोज तथा उद्धारमा हुनेगरेका ढिलाईका कारण बिश्व सामु नेपालको छबि धमिल्याउने हुदाँ यस्को छिट्टै नै निकाश खोजी नेपाल घुम्न आउने बिदेशी पर्यटकहरुलाई सहज र सुरक्षित बाताबरण बनाउन माग गरेको छ । प्राकृतिक घटनामा हराईरहेकाहरुको खोजी कार्यलाई पूर्णता दिनु आवश्यक रहेको उनीहरुको माग छ ।

त्यसै गरि कोरोना भाईरसका कारण नेपालको पर्यटनमा पर्नसक्ने असरलाई मध्येनजर गर्दै सडक तथा हवाईसेवाबाट गण्डकी प्रदेशमा प्रबेश गर्ने प्रवेशद्धारहरुमा चिकित्सकहरु सहितको स्वास्थ्य डेक्स राख्न माग गरेको छ ।

कमेन्टहरु
Loading...