पोखराको नयाँबजारमा पत्रकारको गाडीलाई ठक्कर, सडकमै पल्टियो जीप

पोखरा, २५ जेठ /पोखरा नयाँबजारमा शनिबार बिहान ठूलो दुर्घटना टरेको छ ।

रक्सी पिएर गाडी चलाएका कारण जीपले सडक छेउमा पार्किङमा राखिएको पत्रकार सुरेन्द्र पौडेलको कारलाई ठक्कर दिएको छ ।

ग २ च ७८८३ नम्बरको कारमा पार्किङमा राखेपनि कार भित्र कोही पनि थिएनन् । ठक्कर दिने बा १५ च ६७८३ स्कार्पियो जिप सडकमै उत्तानो परेको थियो ।

लेकसाइड स्थित एक होटलको सो जिपले ठक्कर दिएको हो । ठक्कर दिएपछि रोडमै उत्तानो परेको जिपलाई क्रेनले उठाएर ड्राइभरको निकालीएको थियो ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्धार गरिएका चालक मादक पदार्थ सेवन गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...