पत्रकार सुमनको फेसबुक स्टाटसले क्षमताभन्दा बढी यात्रु चढाएको हाइस माइक्रो कारबाहीमा

पोखरा, २८ असार /सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुले झन्झट व्यहोनु पर्ने दैनिक जस्तै हो । छोटो दुरी होस या लामो दुरीका सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने उनीहरुको दैनिकी नै बनेको छ । यसरी यातायाता ब्यवस्था नियम अनुसार सवारी साधनहरुले क्षमताभन्दा वढी यात्रुहरु बोक्दापनि सम्बन्धित निकायले त्यती चासो दिइएको पाइदैन ।

यसरी नै बिहीबार पनि काठमाण्डौबाट पोखराका आउदै गरेको बा ४ ख ८४२० नम्बरको हाइस माइक्रोबसले सीट क्षमता भन्दा बढी यात्रु चढाएर पोखराका लागी कलंकीबाट छु्टयो ।

तरपनि कलंकीका प्रहरी तथा ट्राफिक प्रहरीले उक्त माइक्रोबसमा सवार यात्रुहरुले सीट क्षमता भन्दा वढी यात्रु राखेको भनी गुनासो गरेपनि कुनै वास्ता गरेनन । उक्त बसमा सवार पत्रकार सुमन ढुंगानाले समेत अन्य यात्रुले जस्तै कलंकीमा ड्युटीमा रहेका प्रहरीलाई यात्रु क्षमता भन्दा वढी यात्रु राखेको भनी गुनासो गरे तरपनि प्रहरीले सुनेको नसुने गरे ।

कलंकीबाट थानकोट तर्फ माइक्रोबस अगाडी बढेपछि पत्रकार सुमन ढुंगानाले फेसबुकमा स्टाटस मार्फत म एउटा माइक्रोबसमा पोखरा तर्फबाट जाँदैछु, बसको सिट क्षमता १५ हो तर २० यात्रु राखेको छ, बिरोध गर्दा दादागिरी देखायो ड्राइभर र कन्डक्टरले, कलंकीको ट्राफिकले देखेर पनि नदेखे जस्तो गर्यो । यहि हो मेरो देश । केहीबेरमा थानकोट पुग्नेछ यो बस भनेर पोष्ट गरे ।

पत्रकार ढुंगानाले फेसबुक स्टाटस मात्र जानकारी गराएनन की थानकोटमा समेत सवारी चेकिङमा रहेको प्रहरी र ट्राफिकलाई आफु सवार सवारीले क्षमताभन्दा वढी यात्रु चढाएको भनी जानकारी दिए तरपनि त्यहांको प्रहरीले कुनै वास्ता गरेनन । त्यसपछि थानकोटबाट बस अगाडी वढ्यो । वस अगाडी वढ्दै जांदा ढुंगानाले ट्राफिक प्रहरीको टोल फ्री नम्बर १०३ मा क्षमताभन्दा बढी यात्रु चढाएको बारेमा जानकारी गराएपछि धादिङको खानीखोलामा रहेको ट्राफिक प्रहरीले बा ४ ख ८४२० नम्बरको सवारीलाई कारबाही ग¥यो ।

खानीखोला पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक बिक्रान्त तामाङको टोलीले उक्त सवारीलाई नियन्त्रणमा लिइ सवारीका चालक धनराज घलेलाई सचेत गराउदै सवारीको कागजत नियन्त्रणमा लिइ २४ घण्टे पुर्जी काटी कारबाही प्रकृया अगाडी वढाएको पत्रकार सुमन ढुंगानाले जानकारी दिए ।

सार्वजनिक सवारी साधनको दादागिरीका कारण हजारौ सर्वसाधारणले सहज रुपमा यात्रा गर्न अफ्ठेरो पर्ने गरेको र कोही कसैले पनि आफु सवार सवारीको नम्बर याद नगर्ने भएका कारण पनि यात्रुहरु मर्कामा पर्ने गरेको भन्दै पत्रकार ढुंगानाले सार्वजनिक सवारी साधनले सवारी भित्र पनि यात्रुहरुले देख्ने गरी प्रस्ट नम्बर राख्नुपर्ने वताउछन ।

कतिपय यात्रुहरु सवारी चालक र सहचालकको अपशब्द खेप्दै खचाखच यात्रा गरिरहदा पनि कुनै कम्प्लेन नगराउदा सवारी चालकहरुको दादागिरी बढेको ढुंगानाले वताए । यस्ता सवारी चालकलाई सवारी धनी र सम्बन्धित यातायात समितीहरुले कारबाही गर्न सकेको खण्डमा यात्रुहरुले सहज यात्रा गर्न सक्ने ढुंगानाको भनाइ रहेको छ ।

कमेन्टहरु
Loading...