सुत्केरीलाई पोखरा महानगरको कोसेली हर्लिक्स, घिऊ र नगद

पोखरा २१ वैशाख / कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन(बन्दाबन्दी)को अवस्थामा छ । गत चैत ११ गतेबाट सरकारले आफना नागरिकको सुरक्षाका लागि लकडाउन घोषणा ग¥यो । सवै क्षेत्र लकडाउनले प्रभावित बने ।

लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरेर दैनिक गुजारा चलाउने तथा बिपन्न परिवारलाई महानगरले राहत वितरण ग¥यो । करिव ३१ हजार बढिलाई राहत वितरण गरेको छ । यति बेला महानगर सुत्केरीलाई पौष्टिक आहार सहित भेटघाटमा जुटेको छ ।

लकडाउनका कारण सुत्केरी भएर घरमै बसेका महिलाहरु माइती जाने त परैको कुरा आफना आफन्त समेत भेटन आउन पाएका छैनन् । त्यसैले पोखरा महानगरले गतै चैत ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई भेटने र कोशेलीका रुपमा घिउ, हर्लिक्स, तेल, सावुन सहित नगद पाँच सय रुपैयाँ उपलब्ध गराएको छ ।

आफना आफन्त आउने र माइतीको अत्यास मेदाउटै अभिभाबकीय भुमिका निर्वाह गरेको छ । महागनरले पहिलो दिन आइतबार १८ जनालाई सुत्केरी महिलालाई पौष्टिक आहार उपलब्ध गराएको हो । शनिबारसम्म २६ जना सुत्केरीको नाम महानगरको हटाइन नम्वर मार्फत टिपाइएको थियो । आइतबार पोखरा महानगरपालिका वडा नम्वर ९, १० र १५ मा वडा अध्यक्ष, वडा सदस्य र महानगरका कर्मचारी पौष्टिक आहार सहित भेटन पुगे ।

महागनरले उपलब्ध गराएको पौष्टिक आहारमा एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराइएको छ । सुत्केरी महिलाहरुलाई आवश्यक पर्ने पौष्टिक आहारको अभाव भएको गुनासो आएपछि महागनरले १५ सय रुपैयाँ बराबरको प्याकेज सहित नगद पाँच सय रुपैयाँ दिने निर्णय गरेको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङल बताइन् ।

सुत्तकेरी भएपछि आतिलो खाना खानुपर्ने महिलालाई हरलिक्स, घिउ, तेल उपलब्ध गराएका छौ उनले भनिन, ‘हामीले दिएको बाहेक केही आवश्यक सामग्री किन्न नगद पाँच सय रुपैयाँ उपलब्ध गराएका छौ ।’

चैत ११ गतेपछि सुत्केरी भएका ४५ दिन सम्मका महिलाहरुलाई महानगरले पौष्टिक आहार उपलब्ध गराएको उनले बताइन् । सुत्केरी प्याकेजमा नाम टिपाउने सबैलाई उपलब्ध गराउने निर्णय भएको छ उनले भनिन्, ‘यसलाई राहतको रुपमा भन्दा पनि सुत्केरी अवस्थालाई मध्यनजर गरेर पोसिलो खाना आवश्यक पर्ने भएकाले त्यही अनुसार वितरण गरिएको छ ।

यो महानगरका सवै सुत्केरी महिलाका लागि उपलब्ध गराउने छौ ।’ नाम टिपाएका सबैलाई घरघरमै उक्त सुत्केरीका लागि पौष्टिक आहार पु¥याउने उपप्रमुख गुरुङले बताइन् । वडाका जनप्रतिनिधिको समन्वयमा महागनरका कर्मचारी सहित सुत्केरी महिलाको घरमै सामान पुयाउइने महागनरकी सर्मिला भण्डारीले बताइन् ।

आइतबार पोखरा १५ मा वडा अध्यक्ष प्रकाश पौडेल, वडा सदस्य पार्वती कार्की, महागनरका कर्मचारी सर्मिला भण्डारी र रेवती भण्डारीले सुत्केरी महिलाको घरमै पुगेर औष्टिक आहार उपलब्ध गराएका थिए । त्यस्तै वडा नम्वर १० मा वडा सदस्य सम्मरबहादुर श्रेष्ठ लगायत कर्मचारी सहित पुगेर पौष्टिक आहार उपलब्ध गराए । आइतबार थपिएका सुत्केरी महिलाहरुलाई सोमबार पौष्टिक आहार वितरण गरिने महानगर सामाजिक विकास महाशाखाले जनाएको छ ।

कमेन्टहरु
Loading...