पोखरा २२ पुम्दीभुम्दीमा स्पीड एफएम

पोखरा, २१ असोज /पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीभुम्दीस्थित कोदीबाट स्पीड एफ.एम. ८९.५ आईतबारदेखि संचालनमा

आएको छ । रेडियोको वडा अध्यक्ष मित्रलाल वराल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी ओम राना मगरले संयुक्त रुपमा

शुभाम्ब गरे । वडा अध्यक्ष मित्रलाल बरालले ग्रामिण भेगका जनताको पहुँचमा आएको रेडियोलाई सबैले सहयोग गर्नुपर्ने वताए ।

त्यसै गरी एसपी ओम राना मगरले जनताको सुख दुखमा साथ दिन रेडियो घरआँगनमै आएको भन्दै सञ्चार क्षेत्रले सत्य र तथ्यमा आधारित

समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रिय लोक दोहारी गित प्रतिष्ठान गण्डकी प्रदेशका कोषाध्यक्ष सुरेन्द्र गुरुङ र दरबारथोक एड्भरटाईजिङ एजेन्सीका प्रवन्ध निर्देशक कृष्ण

रानाभाटले सबै क्षेत्रका समाचार समेटन सकेमा मात्रै रेडियोले जनताको मन जित्न सक्ने वताए ।

पोखरा–२२, पुम्दीभुम्दीस्थित गणेश मिलन आमा समुहकी अध्यक्ष गिता वरालले गाउँमा पहिलो पटक रेडियोको स्टेशन नै आएकोमा खुशी लागेको

वताईन् ।

सो अवसरमा स्पिड एफ.एम.का स्टेशन मेनेजर ऋषिराम दाहालले रेडियोको वारेमा वताउँर्दै स्थानिय वासिन्दासंग सहकार्य गर्दै आवाज विहिनहरुको

आवाज बन्न कोशिष गर्ने बताए ।

कमेन्टहरु
Loading...